वातावरण

पुरैनी तालमा चराको संख्या घट्यो

कञ्चनपुर । बेलौरी नगरपालिका-६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जल विहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ । विद्यार्थी र संरक्षण समूहमा आबद्ध युवाहरू चरा हेर्नका लागि पुग्ने गरेका छन् । चराप्रति चासो राख्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै अनुसन्धानकर्ता पनि ताल क्षेत्रमा पुग्ने गरेको भुराकोटका स्थानीय दिनेश चौधरीले बताए । “पहिले तालमा एकनासको पानी हुँदा चराको सङ्ख्या निकै बढी हुने गरेको थियो” उनले… पुरा पढौ

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

बाँकेमा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन् । राप्तिसोनारी गाउँपालिका-१ कुसुमस्थित राप्ति नदीबाट सुरु गरिएको गणना तथा सर्वेक्षणमा थप ३२ प्रजातिका चरा भेटिएका चरा संरक्षणकर्मी आशिष चौधरीले जानकारी दिए । “जिल्लास्थित राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा यो वर्ष ३२ प्रजातिका थप चरा भेटिएका हुन्”, उनले भने, “अघिल्लो वर्षको तुलनामा यो वर्ष… पुरा पढौ

आज विश्व सिमसार दिवस मनाइँदै

काठमाडौँ । ‘हाम्रो साझा भविष्यका लागि सिमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्र गतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनः स्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अंगीकार… पुरा पढौ

जनकपुरमा माघ २५ गते देखि लाटोकोसेरो तथा हुचील संरक्षण उत्सव

पोखरा । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा बाह्रौं सस्कंरणको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८१’ हुँदै छ । माघ २५ गते देखि हुने दुई दिने संरक्षण उत्सव प्रकृतिका साथीहरु नामक संस्था र मिथिला वाइल्डलाइफ ट्रष्टको आयोजनामा हुन लागेको हो । उत्सव सुरु हुनुअघि विभिन्न स्थानिय विद्यालयहरुमा लाटोकोसेरो संरक्षण चेतना शिविरहरु सञ्चालन भएको आयोजक प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए । उत्सवको दिनमा चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गीत तथा नाचको प्रर्दशनी र वन विज्ञान अध्ययन संस्थान… पुरा पढौ

गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण

दमौली । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ । वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक खम्बा जडान गरेको छ । हरेक खम्बामा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ ।… पुरा पढौ

पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

चितवन । पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो । गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यस पटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चरा विज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हुन् । गत वर्ष भेटिएका सबै प्रजातिका चरा… पुरा पढौ

देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरूको चिन्ता

काठमाडौँ । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई-फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।  वातावरणीय बहाव भन्नाले नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र यस प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न आवश्यक पानीको बहावको मात्रा, समय र गुणस्तरलाई बुझाउँछ । दक्षिण एसियाका सन्दर्भमा नदीको बहावसँग सांस्कृतिक र आध्यात्मिक आवश्यकता पनि यससँग जोडिएको छ । वातावरणीय बहावको कार्यान्वयनका लागि मानव विकास, नदिको प्रयोग वा डाइभर्सन नगरी प्राकृतिक वा… पुरा पढौ