वातावरण

९ बुँदे ‘गोक्यो घोषणापत्र’ सार्वजनिक गर्दै खुम्बुमा जलवायु सम्मेलन सम्पन्न

विश्व पृथ्वी दिवसको अवसर पारेर सोलुखुम्बुको खुम्बु क्षेत्रमा आयोजित जलवायु सम्मेलनले नौ बुँदे ‘गोक्यो घोषणापत्र’ जारी गर्दै आफ्नो औपचारिक समापन गरेको छ। सम्मेलनले हिमाली तथा पर्वतीय क्षेत्रसँग सम्बन्धित जलवायु मुद्दामा नेपालको नेतृत्व भूमिका सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएको छ। गोक्योमा आयोजित उक्त कार्यक्रममा जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाली सरोकारलाई प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने धारणा समेटिएको छ। खुम्बु पासाङ्ल्यामु गाउँपालिका र जलवायु न्याय तथा पर्यटन क्षेत्रमा सक्रिय संस्था ‘साथसाथै’ को सहकार्यमा सम्मेलन आयोजना गरिएको हो। विषयगत विज्ञहरूको सहभागितासहित काठमाडौँदेखि… पुरा पढौ

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

दमौली (तनहुँ) । सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए । त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउने गरेको रानाभाटले बताए। मानिसले जानीजानी लगाउने डढेलो नियन्त्रण नै अहिलेको प्रमुख चुनौती रहेको उनको भनाइ छ । उनले भने, “सामुदायिक वनमा यत्तिकै आगो लाग्ने सम्भावना निकै कम छ, मानिसले नयाँ घाँस पलाउँछ भनेर डढेलो लगाइदिने गरेका छन् । यसलाई… पुरा पढौ

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

काठमाडौँ । इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सोमबार काठमाडौँमा पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका संयोजक सनम राईले ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको बताए । करिब ४० किलोमिटर लामो उक्त पदमार्गले माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीयस्थललाई जोड्छ । यस मार्गमा रेडपाण्डासहित विभिन्न प्रजातिका चरा, वन्यजन्तु, जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिन्छ । सन्दकपुर गाउँपालिका–४… पुरा पढौ

साउन यता १७ गैंडा मरे

चितवन । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन् । चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २/२ वटा, अजिङ्गर,… पुरा पढौ

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो । पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक वर्ष करिब ३० हजार किलोमिटर उडान भर्ने अद्भुत शोरबर्ड प्रजाति हड्सनियन गोडविट अहिले अस्तित्वकै सङ्कटमा पुगेको छ । जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको तथ्यले विश्व संरक्षण प्रयासमाथि गम्भीर प्रश्न खडा गरेको छ । आर्कटिकबाट दक्षिण अमेरिकाको पुछार प्याटागोनियासम्मको कठिन यात्रा गर्दै फेरि फर्किने यो चरालाई विश्वकै असाधारण यात्रु प्रजातिमध्ये एक मानिन्छ । तर बदलिँदो वातावरणीय अवस्थाले यसको बाँच्ने आधार नै कमजोर बन्दै गएको… पुरा पढौ

आज विश्व हिमनदी दिवस

काठमाडौँ । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसंघको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्त्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्षमा २० मार्चमा मनाइन्छ ।  पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्त्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।  हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीका आधारसमेत हुन् । पछिल्लो… पुरा पढौ

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किराका कारण हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँ दिँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयको वरिपरि उतिसको जङ्गल छ । सुक्खा मौसम लागेपछि बिगत एक महिनायता उतिसमा लागेको झुसिल्किरा कक्षा कोठामा आएर बस्न थालेका छन् । शिक्षिका पवित्रा तामाङ भन्छिन्, “भन्दा सानो कुरा जस्तो लाग्छ, तर वरिपरिको उतिसको जङ्गलबाट आएको झुसिल्किराले कक्षाको भुइँ, डेक्स, बेञ्च, जस्ताको छानो, भित्ता कतै खालि छैन ।” माघको अन्तिम सातादेखि झुसिल्किरा… पुरा पढौ