आज विश्व सिमसार दिवस
पोखरा । आज विश्व सिमसार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गर्दछ । हरेक वर्ष फेब्रुअरी २ मा यो दिवस मनाउने गरिन्छ। सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो। सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ। सरकारी तथ्यांकअनुसार नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ। विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन्।…
पुरा पढौ
पोखरा उपत्यकामा १५ प्रतिशतले घटे जलपंक्षी
पोखरा । तालैतालको शहर हो, पोखरा उपत्यका । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पर्याप्त जलाशयका कारण उक्त क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्छ । प्रत्येक वर्ष टाईगर माउण्टेन पोखरा लज र पोखरा पंक्षी समाजले जलपंछी गणना गरी अभिलेख राखिँदै आएको छ। विगतमा निकै पाइने चराचुरुङ्गी वर्षेनी घट्दै जानु चासो र चिन्ताको विषय बनेको छ । विशेषतः जाडो छल्न चीन, मङ्गोलिया,…
पुरा पढौ
कैलालीको घोडाघोडीमा लाटोकोसेरो तथा हुचील उत्सव हुँदै
कैलाली । लाटोकोसेरो तथा हुचील उत्सवको दशौं संस्करण कैलालीको घोडाघोडी नगरपालीका– ४, घोडाघोडी बर्ड सेन्चुरी नजिक रहेको माघी गाँउमा हुने भएको छ । उत्सव यही माघ २० र २१ गते माघी होमस्टे नजिक रहेको नव प्रभात आधारभुत विधालयमा यो उत्सव हुनेछ । संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको हो । चरा संरक्षण नेटवर्क, कैलाली र प्रकृतिका साथीहरु संस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी दिएको छ । यसका लागि ७ सदस्यीय ‘नेपाल…
पुरा पढौ
नवलपुरमा दुई गैँडा मृत फेला
कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान मृत अवस्थामा भेटिएका दुई गैँडामध्ये एउटाको खाग पनि निकालिएको छ । निकुञ्जकका प्राविधिक र चिकित्सकको टोली घटनास्थलतर्फ गएको तिवारीले बताए । स्थानीयवासीका अनुसार चोरी शिकारीमा परेको हुन सक्ने आशङ्का छ । अहिले गैँडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने अनुमान गरिएको…
पुरा पढौ
प्रकृति जोगाउन सगरमाथाको शिरमा पुगेका पिके पोखरामा
पोखरा । जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइरहेका अभियन्त पूर्णकुमार (पिके) शेर्पा पोखरा आई काठमाठौं फर्किएका छन् । ‘जहाँ हिउँ त्यहाँ पानी, जहाँ पानी त्यहाँ जीवन’ भन्ने मूल नाराका साथ आरोहीसमेत रहेका पिके शेर्पाले सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उद्देश्यले पोखरा आएका हुन् । ‘अबको एक हप्तापछि पोखरामा गरिने कार्यक्रमको मिति तय हुन्छ’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका शेर्पाले भने । साथै प्रदेशमा अभियानलाई सशक्त ढंगले अगाडि बढाउन सातै प्रदेशमा कार्यक्रमको आयोजिना गरिने…
पुरा पढौ
पोखरामा आजदेखि जलपंछी गणना शुरु
पोखरा, २८ पुस । पोखरामा जलपंछी गणना गरिने भएको छ । सन् १९८७ देखि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम अन्तर्गत पोखरामा आजदेखि दुईदिन सम्म गणना गरिने भएको हो । सन् २००४ देखि पोखरा उपत्यकामा टाईगर माउण्टेन पोखरा लजको अगुवाईमा नियमित जलपंछी गणना गरी अभिलेख राखिँदै आइएकोमा सन् २०१५ वाट पोखरा पंछी समाजको प्रत्यक्ष संलग्नता रहेको छ । प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणनामा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र…
पुरा पढौ
नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए
मध्यबिन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए । “गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिए”, उनले भने । चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको ‘राज सुड सुडिया’ नामको पक्षी पनि अहिले भेटिएको चौधरीले बताए । गतवर्ष नदेखिएका विभिन्न चार…
पुरा पढौ