वातावरण

मादी नदीमा माछा संरक्षण योजना

दमौली (तनहुँ), २६ पुस । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरेको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई माछालाई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण योजना सुरु गरिएको हो । आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्यरुपमा त्यहाँ पाइने रैथाने… पुरा पढौ

पोखरा उपत्यकामा जलपंछी गणना गरिदैं

पोखरा । हिउँदे आगन्तुक तथा रैथाने पानीमा आश्रित पंछीहरुको गणना पोखरा उपत्यकामा यहि पौष २५ र २६ गते हुने भएको छ । सिमसार, तालतलैया, नदीनालामा आश्रित जलपंछीको अवस्था, हिउँदे आगन्तुक जलपंछीको संख्या र प्रजातिको विवरण पत्ता लगाई स्थानिय समुदाय र सरोकारवाला निकायहरुलाई सहभागी बनाई सचेतना अभिवृद्धि गर्न हातेमालो गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको गणनाका पोखरा उपत्यका क्षेत्रिय संयोजक तथा पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । नेपालमा सन् १९८७ वाट शुरु भएको जलपंछी गणना सन् २००४ वाट… पुरा पढौ

चितवनमा चरा गणना सुरु

चितवन, २२ पुस । चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो । सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ । पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । यसपछि पश्चिम चितवनमा सुरु गरिने उनले जानकारी… पुरा पढौ

कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु

कञ्चनपुर, २१ पुस । यहाँ आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन् । जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ । निकुञ्ज बाहिरका… पुरा पढौ

ध्रुर्वे हात्तीले आतंक मच्चाउन छाडेन

चितवन, २० पुस । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए । बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । उनले भने, “अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।” हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ । रेडियोकलरबाट… पुरा पढौ

बेँसीसहरमा चरी बाघ फेलाः नियन्त्रण लिएर जङ्गलमा छाडियो

लमजुङ, ९ पुस । लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए । उनले उक्त स्थानमा चरी बाघ पसेको खबर आएपछि प्रहरी पुगेको र डिभिजन वन कार्यालय लमजुङका कर्मचारीद्वारा बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि पहिलो पटकमा असफल भएको बताए । पुनः डिभिजन कार्यालका फरेष्टर गुणाबहादुर ग्लानले बोराको सहायताले बाघलाई नियन्त्रणमा लिएको थियो । डिभिजन… पुरा पढौ

डेढ दशकदेखि उठाइएको हिमालका मुद्दा कोप–२८ मा स्वीकार

काठमाडौँ, ३० मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २८)मा पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८निर्णयका दस्तावेजमा समावेश गरिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि २६ गतेसम्म भएको कोप–२८ मा प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे निकै चर्चा मात्र भएन यस मुद्दाले प्राथमिकतासमेत पायो । हिमाली मुलुक नेपालले खासगरी सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ देखि नै जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएको थियो । त्यसयताका अधिकांश सम्मेलनमा नेपालले… पुरा पढौ