साहित्य

साहित्य परिवर्तनको सम्वाहक हो : सञ्चारमन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताएका छन् । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरु भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उनले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताए । भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरुङले बताए । उनले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताए । “यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ”,… पुरा पढौ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा । पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ । पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन फागुन… पुरा पढौ

फागुन १५ देखि पोखरामा एनसेल फाउण्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल’ हुने

पोखरा । बुकवर्म फाउण्डेशनको आयोजनामा यही फागुन १५ गतेदेखि १८ गतेसम्म पोखरामा एनसेल फाउण्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ हुने भएको छ । कार्यक्रमबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा यस वर्ष फागुन १५ देखि १८ सम्म बाह्रौँ संस्करणको एनसेल फाउण्डेशन नेपाल लिटरेचर फेस्टिभल २०२५ आयोजना गर्न लागिएको फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौँ साहित्यिक महोत्सव हुन थालेको बताउँदै उनले स्कुल, कलेजदेखि स्थानीय तहमा साहित्यिक महोत्सव… पुरा पढौ

गण्डकी कविता मञ्जरी सार्वजनिक

पोखरा । छन्दकवि पुण्यप्रसाद भट्टराईद्वारा लिखित `गण्डकी कविता मञ्जरी´ कविता सङ्ग्रह सार्वजनिक भएको छ । सिर्जनजनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा शनिबार आयोजित एक कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा. डा. रामप्रसाद भट्टराईले उक्त कृतिको लोकार्पण गरेका हुन् । कृतिको लोकार्पण गर्दै भट्टराईले कृतिमा पूर्वीय दर्शन र जीवन जगतका विविध पक्षको चित्रण भएको बताए । कृतिमा विषयगत विविधता, छन्दगत अनेकता र शिल्पगत कुशलता रहेको भनी लेखकलाई बधाई दिनुका साथै साहित्यिक यात्राको शुभकामना व्यक्त गरे । कृतिका समीक्षक प्रा. डा. जगन्नाथ रेग्मीले लेखकलाई बहुआयमिक… पुरा पढौ

देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल

काठमाडौँ, ७ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण गर्न राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको समारोहमा उनले यस्तो धारणा व्यक्त गरेको हो । “हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान, परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो”,… पुरा पढौ

शान्ति कँडेल न्यौपानेको उकाली र ओराली तीजे गीत सङ्ग्रहको लोकार्पण

गीतकार शान्ति कँडेल न्यौपानेको तिजे गीत सङ्ग्रह उकाली र ओरालीको लोकार्पण भएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा शनिवार भएको एक कार्यक्रममा कन्या क्याम्पस पोखरामा अध्ययनरत पाँच कन्याबाट सामूहिक रुपमा उक्त कृतिको लोकार्पण गरिएको हो । उक्त अवसरमा कृतिका लेखक शान्ति कँडेल न्यौपानेले महिला सशक्तीकरण, दिनदिनै बढ्दै गएको हत्या, हिंसा, अपहरण, दुर्घटना, लैङ्गिक विभेद, तीज पर्वमा देखिएको विकृति र समजका यथार्थ पक्षलाई आफूले आफ्ना सिर्जनामा समेटेको बताइन् । छोराछोरीलाई राम्रो संस्कार सिकाउनुपर्ने, स्वदेशमै अवसर खोज्नुपर्ने र सरकारले राष्ट्रहितका विषयमा… पुरा पढौ

नेपाली शिक्षा विभागमा सम्मान कार्यक्रम

पृथ्वीनारायण क्याम्पस, नेपाली शिक्षा विभाग पोखरामा शुक्रबार विद्यावारिधि (Ph.D.) उपाधि प्राप्त गर्नुहुने प्राध्यापकहरूलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । विभागमा आबद्ध उपप्राध्यापक बोधराज ढकालले लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’, उपप्राध्यापक विष्णुप्रसाद शर्मालेनेपाली भाषा कक्षामा सिकाइ सहजीकरण´ र गणेश शर्माले `उत्तरवर्ती नेपाली गजलमा व्यङ्ग्य´ शीर्षकमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुभएको हो । उक्त कार्यक्रममा प्रा.डा. रामनाथ ओझा, प्रा.डा. यदुनन्दन उपाध्याय, प्रा.डा. रामचन्द्र पोखरेल र प्रा.डा. नरहरि उपाध्याय गौतम तथा नेपाली विभागका विभागीय प्रमुख डा. यनाथ तिमिल्सिनाले उहाँहरुलाई सम्मानपत्र,… पुरा पढौ