गण्डकी, २१ माघ । माछापुच्छ्रे फेवातालमा डुबुल्की मार्ने प्रकृतिको वरदान विश्वकै पर्यटकीयस्थल पोखरा कलाका क्षेत्रमा पानी रङको सहर हो भने अन्य साहित्य सिर्जनाको प्रेरक गन्तव्य होभन्दा अत्युक्ति हुँदैन । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि जनकवि केशरी धर्मराज थापा, लोक कवि अलिमियाजस्ता थुप्रै नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वको जन्मथलोसमेतले यो साहित्यिक पर्यटनको पनि विशष्टि गन्तव्य हो भनेर चिनाएको छ । पुराना मात्र नभई पछिल्ला पुस्ताका दर्जनौँ कवि, कवयत्री र कलाकार पोखराले जन्माएको छ । नेपाली साहित्यका क्षेत्रमा स्थापित सरुभक्त, तीर्थ श्रेष्ठ हुँदै पछिल्लो…
पुरा पढौ