प्रमुख समाचार

यी प्रदेशमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु-भागमा साधरणतया बादल लागेको छ । बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज… पुरा पढौ

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

म्याग्दी । वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबीच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरविर आवाज । घरपालुवा पशुहरुको घुम्ती गोठ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको दोभान मनमोहक र रमणीय छ । करिब २० वर्षअघि बगरका बासिन्दाले बर्खायाममा घुम्ती पशुगोठ राख्ने थलोमा सिमित दोभान पछिल्लो समय धौलागिरि चक्रीय पदमार्गको गन्तब्यका रूपमा विकास हुन थालेको छ । समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभान पछिल्लो समय घुम्ती पशुगोठ राख्ने खर्कबाट पर्यटकीयस्थलमा रुपान्तरण भएको स्थानीयबासी लक्ष्मण घर्तीले… पुरा पढौ

नदी किनारका सुकुम्वासी बस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदी किनार तथा सार्वजनिक क्षेत्र आसपास रहेका सुकुम्वासी बस्ती तत्काल खाली नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्ती हटाउने तयारीविरुद्ध दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । यसअघि गोपाल रनपहलीसहित ११ जनाले वैशाख ११ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाले नदी किनार क्षेत्रका बस्ती हटाउने सम्बन्धी सूचना जारी गरेपछि त्यसविरुद्ध अदालतमा निवेदन… पुरा पढौ

याे वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने, गर्मी बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा देशका धेरैजसो भू-भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। विभागले मनसुन अवधिभर अधिकतम तथा न्यूनतम तापक्रम पनि औसतभन्दा उच्च रहने सम्भावना औँल्याएको छ। ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा विभागले मनसुन २०८३ को सम्भावित अवस्थाबारे जानकारी सार्वजनिक गरेको हो। कार्यक्रममा मौसमविद् सुदर्शन हुमागाईँले प्रस्तुत गरेको विवरणअनुसार यस वर्ष देशका अधिकांश क्षेत्रमा वर्षा औसतभन्दा कम हुने संकेत देखिएको छ, यद्यपि भौगोलिक क्षेत्रअनुसार अवस्था फरक रहनेछ। विभागको प्रक्षेपणअनुसार कर्णाली प्रदेशका दक्षिणी क्षेत्र,… पुरा पढौ

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

काठमाडौँ । वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात् स्वदेशी तथा विदेशी आरोहीहरूका लागि हिमाल आरोहण गर्ने समय । कतिपय नयाँ आरोहीहरू आरोहणका लागि तयारी गर्दै छन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्डहरू तोड्दै नयाँ कीर्तिमानहरू राख्न आतुर देखिन्छन् ।  नेपाल पर्यटन बोर्डले छ हजार ५०० मिटरभन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ भने नेपाल पर्वतारोहण संघ (एनएमए)ले भने पाँच हजार ८०० देखि छ हजार ५०० उचाइका २७ हिमाललाई आरोहण अनुमति दिँदै आएको छ । यसपटक सेभेन… पुरा पढौ

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो ।  इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पुरा पढौ

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

गलकोट (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ । पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ । नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुनसकेको थिएन । हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, सिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्र्किएका छन् । आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६… पुरा पढौ