प्रमुख समाचार

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको र त्यसबारेमा थप अनुसन्धान भैरहैको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा आज बिहान मृत्यु भएको होे । पुरा पढौ

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची । अर्घाखाँची जिल्ला दुर्लभ तथा संकाटापन्न गिद्धहरूको सुरक्षित वासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् ।  हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन् । छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अतिसंकटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएको थियो । तीमध्ये… पुरा पढौ

कास्कीमा रोपाइँ तीव्र

लेखनाथ (कास्की) । अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु भएपछि कास्कीका किसानले समयमै धानरोपाइँ गर्न पाएका छन् । जिल्लाका २६ हजार हेक्टर क्षेत्रफलमा धान खेतीगरिँदै आइएको छ । जिल्ला कृषिविकास कार्यालयका कृषि प्रचारप्रसार अधिकृत रामकृष्ण अर्यालका अनुसार यहाँका चार पालिका र एक महानगरपालिका २६ हजार हेक्टर धानखेतमध्ये ४७ प्रतिशतमा धान रोपाइँ सकिएको हो । सिँचाइ कुलो लाग्ने खेतमा अधिकांश रोपाइँ भइसकेको उनले जानकारीे दिए । गाउँका टारी खेतमा पानीका मुल अझै नफुटेका कारण रोपाइँ हुन सकेको छैन,… पुरा पढौ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले हात्तीगौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए । विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र… पुरा पढौ

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

धादिङ । आगामी श्रावण महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको नागढुंगा–नौबिसे सुरुङमार्ग आसपासका पहिरो जोखिमयुक्त क्षेत्रमा भइरहेको पहिरो नियन्त्रणको काम अन्तिम चरणमा पुगेको प्राविधिकहरूले बताएका छन्। सुरुङमार्गको धादिङतर्फको प्रवेशद्वार नजिक रहेको पहिरो प्रभावित डाँडामा आधुनिक प्रविधिमार्फत ढलान स्थिरीकरण तथा पहिरो नियन्त्रणको काम भइरहेको हो। धुनीबेशी नगरपालिका–९, खत्रीपौवामा वर्षौंदेखि पहिरोका कारण त्रिभुवन राजपथ र सुरुङमार्गको प्रवेशद्वार क्षेत्रमा समस्या उत्पन्न हुँदै आएको थियो। तर हाल भइरहेको नियन्त्रण कार्य सम्पन्न भएपछि उक्त क्षेत्रको जोखिम उल्लेख्य रूपमा कम हुने अपेक्षा गरिएको छ। प्राविधिकका अनुसार नयाँ… पुरा पढौ

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, डाँगी र असिम शाह विजयी

रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह विजयी भएका छन् । चितवनमा शुक्रबार भएको मतदानमा उनीहरू सहमहामन्त्री पदमा विजयी भएका हुन् । शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगीले ७ सय ३७ मत प्राप्त गरिन् । सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रतिस्पर्धी थिए। पुरा पढौ

तनहुँमा २७ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ) । डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८२/८३ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमअन्तर्गत २७ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये छवटा मृतावस्थामा फेला परेका थिए भने २१ वटा जीवित वन्यजन्तुको सफल उद्धार गरिएको कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन गरिएको हो । कार्यालयका अनुसार मृतावस्थामा उद्धार गरिएका वन्यजन्तुमा दुई वटा चितुवा, एक… पुरा पढौ