प्रमुख समाचार

पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार

कास्की । पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) सञ्चालनमा ल्याएको छ ।  पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मंगलबारदेखि सञ्चालनमा ल्याइएको हो ।  पोखरामा प्राकृतिक विपद्का घटना बढ्दै गएको सन्दर्भमा विपद् तथा जोखिम न्यूनीकरण केन्द्र स्थापना गरिएको हो । केन्द्रले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा बाढी, पहिरो, डढेलोलगायत सम्भावित विपद्का घटनामा पूर्वतयारी, उद्धार तथा… पुरा पढौ

आजदेखि देशभर आर्थिक गणना हुँदै

काठमाडौँ । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् । अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक… पुरा पढौ

पोखरा महानगरद्वारा निःशुल्क सटल बस सेवा सुरु

पोखरा । पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी निःशुल्क सटल बस सेवा शुभारम्भ गरेको छ । उक्त सेवाको नगर प्रमुख धनराज आचार्यले मङ्गलवार शुभारम्भ गरेको हो । महानगर यातायात प्रा.ली. काठमाडौँ, कृषि विकास बैङ्क र कामना सेवा विकास बैङ्कसँगको सहकार्यमा महानगरपालिकाले उक्त रुटमा सुविधा सम्पन्न विद्युतीय बसहरू सञ्चालनमा ल्याएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आवत जावत गर्ने हवाई यात्रुहरूलाई भरपर्दो विश्वसनीय र सरल रूपमा आवागमन सुविधा उपलब्ध गराउने उद्देश्यियले साझेदारीमा निःशुल्क बस सेवा सञ्चालन गरिएको नगर प्रमुख आचार्यले… पुरा पढौ

सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिवद्धता पत्र (पूर्ण पाठसहित)

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलको घोषणापत्र र प्रतिबद्धताहरूलाई समेटेर उक्त प्रतिवेदनको मस्यौदा सार्वजनिक गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त प्रतिवेदनउपर यही वैशाख १० गतेभित्र रायसुझाव मागेको छ । वालेन्द्र शाह नेतृत्वको सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नम्बर ३ अनुसार दस्तावेज ल्याइएको मस्यौदामा उल्लेख छ । प्रतिबद्धतापत्रमा नेपाललाई आगामी ५ वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य राखिएको छ । जसअनुसार औसत ७ प्रतिशतको… पुरा पढौ

पोखरा र भैरहवाबाट सिधा अन्तर्राष्ट्रिय उडान गर्ने सरकारको प्रतिवद्धता

काठमाडौं । सरकारले पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी विश्वका प्रमुख सहरबाट सिधा उडान गर्ने योजना सार्वजनिक गरेको छ । शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सार्वजनिक गरिएको राष्ट्रिय प्रतिवद्धता पत्रमा हवाई सुरक्षालाई सुदृढ गर्दै यी दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ । प्रतिवद्धता अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई छुट्टाछुट्टै स्वायत्त निकायका रुपमा विकास गरिने छ । ‘पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाएर… पुरा पढौ

मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मनाङ । यहाँको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ वर्षीय रामबहादुर गुरुङ रहेका छन् ।  मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नं ट्रक आज बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । पुरा पढौ

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने दिन: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिनका रूपमा रहेको बताएका छन्। नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उहाँले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प र साधना आवश्यक पर्ने धारणा राखे । उनले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात् गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले मुलुकमा प्रचलनमा… पुरा पढौ