प्रमुख समाचार

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौँ । रुबीकुमारी ठाकुरले उपसभामुखको पदभार ग्रहण गरेकी छन्। उनले सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पदभार सम्हालेकी हुन्। पदभार ग्रहणपछि उनले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गरेकी छन्। यसअघि उपसभामुखको निर्वाचन गत २७ गते सम्पन्न भएको थियो। उक्त निर्वाचनमा श्रम संस्कृति पार्टी बाट ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट सरस्वती लामा उम्मेदवार रहेका थिए। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी को समर्थन प्राप्त गरेपछि ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन्। पुरा पढौ

कोरला नाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ । काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको  ग१च २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना हुँदा काठमाडौँ तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् । जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ ।  कोरलानाका नजिकै अनियन्त्रित भई आज बिहान जीप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए। उनका अनुसार कोरलानाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो ।… पुरा पढौ

अमेरिका-इरान वार्ता असफल: ट्रम्पद्वारा होर्मुजमा नाकाबन्दीको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई नाकाबन्दी गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यो मार्ग प्रयोग गर्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने उल्लेख गरेका छन्। विशेष गरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूलाई निगरानीमा राखिनेछ। ट्रम्पका अनुसार, इरानलाई अवैध रूपमा टोल तिर्ने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन। यस कदमले इरानको आर्थिक शक्ति कमजोर पार्ने लक्ष्य राखिएको छ। उनले भने, ‘अमेरिका जुनसुकै परिस्थितिका लागि तयार छ र आवश्यक परे युद्ध अन्त्य गर्न कदम चाल्नेछ।’ पुरा पढौ

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटरमाथि उर्लेनी खंगकोट कालीगण्डकी गाउँपालिका–६ गुल्मी र बिहादी गाउँपालिका–२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ । आयोजनामा कुल २४४ मिटर अग्लो बाँध निर्माण हुने जनाइएको… पुरा पढौ

तालचोक-बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ७२ प्रशित र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको ३.२८ किलोमिटर उक्त सडकको निर्माण आगामी असारभित्रमा सक्ने लक्ष्य रहेको पोखरा महानगरपालिका सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको उक्त सडक ठेक्का सम्झौता भएको एक वर्षपछि मात्र निर्माण सुरु भएको थियो । जग्गा विवाद, निर्माण कम्पनीको ढिलासुस्ती आदि कारणले सुरुको चरणमा सडक निर्माण प्रभावित भएको… पुरा पढौ

२१ औं फेवा नव बर्ष महोत्सव सुरु

पोखरा, २९ चैत । सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र खहरे विचको सडकमा तीन दिन सम्म चल्ने महोत्सव आगामी बैशाख १ गते राति सकिने छ । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरु… पुरा पढौ

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौँ । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा मनाउने निर्णय भएको हो । यो दिवसले अन्तरिक्ष विज्ञान तथा प्रविधिको योगदानलाई स्मरण गर्दै दिगो प्रविधिका माध्यमबाट विकास लक्ष्य हासिल गर्न तथा जनताको जीवनस्तर उकास्न जोड दिएको छ । सन् १९६१ अप्रिल १२ मा सोभियत नागरिक… पुरा पढौ