प्रमुख समाचार

जनअपेक्षा अनुरूप शासन सञ्चालन गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार सञ्चालन जनताको अभिव्यक्त भावना, आकांक्षा र अपेक्षासँग अनुरूप हुनुपर्नेमा जोड दिएका छन्। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो प्रतिनिधि सभा निर्वाचनमार्फत युवापुस्ताको उल्लेखनीय सहभागितासहित नयाँ सरकार गठन भई कार्यारम्भ भइसकेको उल्लेख गरे। यस प्रक्रियाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीप्रति युवा वर्गको विश्वास, आकर्षण र नेतृत्व क्षमता विस्तार भएको सन्देश दिएको उनको भनाइ थियो। राष्ट्रपतिले नागरिकले उत्तरदायी तथा पारदर्शी शासन व्यवस्था, प्रभावकारी सेवा प्रवाह, सबै तहमा भ्रष्टाचार नियन्त्रण, विधिको शासनको प्रत्याभूति, देशभित्रै… पुरा पढौ

उद्योगमा गौरीकुमारी, श्रममा रामजी : रास्वपाबाट दुई मन्त्री नियुक्त

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। पुरा पढौ

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि योजना छनोट गरी नगरपालिका, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने नीति लिएको बताए । “म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार मुस्ताङस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धारका रूपमा परिचित छ”, उनले भने, “मुस्ताङ जाने र आउने पर्यटक तथा तीर्थयात्रीलाई बेनीबजार र आसपासका… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले बिहीबार १२:०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५–२५ का दरले मूल्यवृद्धि गरेको हो ।  यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक सयका दरले वृद्धि गरिएको छ… पुरा पढौ

नागढुंगा सुरुङमार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ ।  मन्त्रालयले विहीवार राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ । मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा आज राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनिक गरिएको हो । … पुरा पढौ

सङ्घीय संसद्को चालु अधिवेशन चैत २७ गते राति १२ बजेदेखि अन्त्य हुने

सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन यही चैत २७ गते राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को मिति २०८२ चैत २४ गतेको सिफारिसबमोजिम संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३… पुरा पढौ

पूर्वसभामुख महरासहित २८ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

Mardi news
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) प्रयोग गरी सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ। उक्त मुद्दामा महरासहित २८ जना र एक कम्पनीलाई प्रतिवादी बनाइएको स्रोतले बताएको छ । आयोगका कर्मचारीहरू मुद्दासम्बन्धी कागजातसहित विशेष अदालतमा पुगेका छन्। हाल दर्ता पूर्वको कागजी प्रक्रिया तथा विवरण प्रमाणीकरणको काम भइरहेको स्रोतले जनाएको छ। पुरा पढौ