प्रमुख समाचार

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी-गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छन्।  बेनी नगरपालिका-९ जलेश्वरस्थित मुस्ताङबाट भारतीय पर्यटक लिएर पोखरा फर्किँदै गरेको बस र भैरहबाबाट मुस्ताङतर्फ जाँदै गरेको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार १५ जना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।  दुर्घटनाको खबर पाउनसाथ तत्कालै जिल्ला प्रहरी कार्यालयबाट ट्राफिक प्रहरी सहितको टोली परिचालन भई घाइतेलाई उद्धार गरी प्रदेश… पुरा पढौ

सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत उक्त जानकारी थाहा पाएको उल्लेख गर्दै उनले यससम्बन्धी प्रचारप्रसार भ्रामक र आधारहीन रहेको बताएका छन्। देउवाले प्रचलित कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरिएको जनाएका छन्। लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शितामा आधारित प्रणालीप्रति आफ्नो निरन्तर प्रतिबद्धता रहेको उल्लेख गर्दै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्ने धारणा उनले राखेका छन्। भ्रष्टाचार… पुरा पढौ

बढेको भाडा विद्युतीय सवारीमा लागू नहुने

काठमाडौँ । सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशतले बढाएको छ, तर यो वृद्धि विद्युतीय सवारीसाधनमा लागू नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ। विभागका अनुसार इन्धन मूल्यमा आएको परिवर्तनलाई आधार बनाएर भाडा समायोजन गरिएको हो र यो भाडा विद्युतीय सवारीसाधन बाहेकका साधनमा मात्र लागु हुनेछ। भाडा निर्धारणका लागि कुल १३ वटा सूचक विश्लेषण गरी इन्धन मूल्यमा भएको परिवर्तनलाई ध्यानमा राखिएको विभागले जनाएको छ। हाल भाडा वृद्धिको नयाँ दर एक प्रदेशबाट अर्को वा एकभन्दा बढी प्रदेशमा यात्रा गर्ने यात्रुवाहक… पुरा पढौ

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ । मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज दिउँसो ११:०० बजेदेखि बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङमा हिमपात भएको हो । यसअघि गत शनिबार र सोमबार पनि मुस्ताङमा भारी हिमपात भएको थियो । गत कात्तिक १० गते पहिलो हिमपात भएकामा जारी सिजनको चैत महिना सकिन लाग्दा मुस्ताङमा पटकपटक हिमपात र वर्षा हुने क्रम रोकिएको छैन । गर्मीयाम सुरु भइसक्दासमेत हिमपात हुनेक्रम नरोकिँदा मुक्तिनाथ मन्दिरको दर्शन र उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकको यात्रा कष्टकर बनेको छ । गर्मीयाम लाग्ने… पुरा पढौ

सरकारले बढायो गाडी भाडा

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो। नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ रुपैंयाँले वृद्धि गरिएको छ । त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ रुपैंयाँ र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ रुपैंयाँले समायोजन गरिएको छ । विशेष गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको मूल आधार मानिएको विभाग स्रोतले बतायो । यो निर्णयसँगै… पुरा पढौ

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । युद्धविरामसँगै विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोध हट्ने अपेक्षाले अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतभन्दा बढी घटेर प्रति ब्यारेल ९५ डलरभन्दा तल झरेको सीएनएनले जनाएको छ । यद्यपि यो मूल्य युद्ध सुरु हुनुअघि फेब्रुअरी २७ मा रहेको ६७.०२ डलरभन्दा अझै माथि नै छ । वैश्विक मानक मानिने ब्रेन्ट क्रुड पनि १२.८८ प्रतिशत घटेर ९५.१२ डलरमा झरेको छ… पुरा पढौ

इरान र अमेरिकाबीच दुई साता युद्धविराम र स्ट्रेट अफ होर्मुज खोल्ने सहमति

बीबीसी । संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "सम्पूर्ण सभ्यता नष्ट हुने" चेतावनीसहित दिएको समयसीमा सकिन केही बेरअघि युद्धविरामको सहमति भएको हो। संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। ट्रम्पले स्ट्रेट अफ होर्मुज खोल्न दिएको समयसीमा सकिनुभन्दा १० मिनेट अगाडी वार्ताको मध्यस्थता गरेका प्रधानमन्त्री शहबाज शरीफ युद्धविराम "तत्कालै लागु हुने" बताएका थिए। उक्त समयसीमा नेपाली समय अनुसार बुधवार बिहान ५:४५ मा सकिँदै थियो।… पुरा पढौ