प्रमुख समाचार

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत । पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजजन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ । यहाँको फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मुल बिउको खेती गरी अनुसन्धान थालिएको हो । बिउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाइएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ । राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यालयको सहयोगमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँ अनुसन्धान गरिएको छ । ‘आत्मनिर्भरताका लागि बिउ उत्पादन’ कार्यक्रमअन्तर्गत बिउ उत्पादनमा लागिएको कार्यालयले जनाएको छ । सो कार्यालयका… पुरा पढौ

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज… पुरा पढौ

फेवातालबाट ११ जनाको सुरक्षित उद्धार

पोखराको फेवातालको मध्यभागमा अलपत्र परेका ११ जनालाई आज सशस्त्र प्रहरीले उद्धार गरेको छ। आइतबार दिउँसो अचानक आएको हावाहुरीका कारण तालको बीचमा फसेका व्यक्तिहरूको अवस्था पत्ता लगाउने बित्तिकै, सशस्त्र प्रहरी बल नेपाल नं. २४, कालिका गण कास्कीको टोली फेवा रेस्क्यु टावरमा खटाइएको थियो। सहायक निरीक्षक विशाल घर्ती मगरको नेतृत्वमा गएको टोलीले उद्धार अभियान सञ्चालन गरी सबैलाई सुरक्षित रूपमा तालबाट बाहिर ल्याएको बताइएको छ। उद्धार गरिएकाहरूमा तनहुँको शुक्लागण्डकी नगरपालिका-२ का १९ वर्षीय सागर भुजेल, २० वर्षीय सुमन चौधरी, पोखरा महानगरपालिका–३३ बागमारा बस्ने… पुरा पढौ

सभामुख अर्यालले गरे पदबहाली

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पद बहाली गरेका छन् ।  आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् । उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्च अधिकारीले स्वागत गरेका थिए । पुरा पढौ

शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न तथा अवाञ्छित रूपमा शुल्क असुल नगर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत भर्ना प्रक्रिया अघि बढाइएकोप्रति ध्यानाकर्षण गराउँदै यस्ता कार्य जारी राखे कानुनी कारबाही गरिने चेतावनी दिइएको छ । सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने समय निर्धारण गरिसकेको छ । यसअघि सर्वोच्च अदालतले पनि शैक्षिक सत्र औपचारिक रूपमा सुरु… पुरा पढौ

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने निर्णय

देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार २०८३ साल वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिएको हो । यससँगै सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णयसमेत गरेको छ । पुरा पढौ

राष्ट्रपतिसमक्ष सभामुख अर्यालले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन् ।  त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह (बालेन), सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो । पुरा पढौ