प्रमुख समाचार

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णय २०८२ चैत २३ गतेदेखि लागू हुनेछ । सोअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिइनेछ । शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूमा भने कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिने जनाइएको छ । पेट्रोलियम आपूर्तिमा आएको समस्याका कारण… पुरा पढौ

सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित

प्रतिनिधिसभा सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा संविधान सभाका ज्येष्ठ सदस्य एवम् सभाअध्यक्ष अर्जुननरसिंह केसीले सभामुखमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख पदका लागि सोही दलका सांसद डोलप्रसाद अर्यालको नाम प्रस्ताव गरेका थिए । प्रस्तुत प्रस्तावको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले समर्थन गरे । अर्यालको समर्थनमा सदनमा बोल्दै अर्थमन्त्री वाग्लेले २०४७ सालदेखिका सभामुख दमननाथ ढुङ्गानादेखि हालसम्मका सभामुखको भूमिका र योगदानलाई स्मरण गर्दै संसदलाई जीवन्त र… पुरा पढौ

माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात

मुस्ताङ । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ । हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो । यहाँ पछिल्लोपटक परेको हिमपातसँगै जारी यामको यो छैटौँपटक हिमपात भएको बताइएको छ । माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।… पुरा पढौ

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८:३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । पुरा पढौ

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

दमौली (तनहुँ) । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो । घुमाउने पुलको संशोधित डिजाइन निर्माण व्यवसायीबाट पेस भएकामा चैत १५ गतेको सडक विभागको विभागीय निर्णयअनुसार डिजाइनको सम्पूर्ण जिम्मेवारी लिई निर्माण व्यवसायीबाट पेस भएको ‘स्पेसिफिकेसन’सहितको ‘डिजाइन’ तेस्रो पक्षको विज्ञबाट जाँच भएकाले निर्माण अगाडि बढाउन निर्देशन दिइएको सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले बताए ।… पुरा पढौ

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेको हो । स्थगित उक्त कार्यक्रम आजदेखि पुन: सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो… पुरा पढौ

मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ/असिना/हुरीबताससहित मध्यम वर्षा र हिमपात तथा… पुरा पढौ