प्रमुख समाचार

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

Mardi News
लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–७ उस्ता जाँदै गरेको ग१ज ६४७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार मस्र्याङ्दी गाउँपालिका–७ उस्ताका ४० वर्षीय गंगामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीय पुष्पा घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार बेँसीसहर उस्ता सडकको भित्री सडकदेखि ५०/६० मिटर तल खसेर दुर्घटना भएको थियो । चालकसहित १४ जना… पुरा पढौ

अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते

एजेन्सी । संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्। अबुधाबी मिडिया अफिसलाई उद्धृत गर्दै गल्फ न्युज, अनादोलु समाचार एजेन्सीले जनाएअनुसार वायु रक्षा प्रणालीले आक्रमणकारी मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गर्ने क्रममा त्यसका टुक्रा जमिनमा खस्दा घटना भएको हो । उक्त घटनामा कुल १२ जना घाइते भएका छन्, जसमा सात जना नेपाली र पाँच जना भारतीय नागरिक रहेका छन्। घाइते नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ… पुरा पढौ

फेवाताल छेउछाउका अतिक्रमित संरचनामा महानगरको डोजर

पोखरा । पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा निर्माण गरिएका अवैध टहरा हटाउन डोजर चलाएको छ। शनिबार बिहानदेखि महानगरले सुरक्षा निकायको उपस्थितिमा डोजर प्रयोग गर्दै ताल क्षेत्र आसपासका संरचना हटाउने अभियान सुरु गरेको हो। महानगर प्रहरी प्रमुख पुरुसोत्तम थापाका अनुसार हालसम्म ३२ वटा टहरा भत्काइएको छ। ताल संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको महानगरले जनाएको छ। फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि… पुरा पढौ

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ ।  सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसएसपी थापाले जानकारी दिए। पुरा पढौ

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको हिमाली भू–भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपात तथा सुदूरपश्चिम प्रदेशका तराईलगायत बाँकी हिमाली… पुरा पढौ

इन्धन मूल्य वृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने यातायात व्यवसायीको चेतावनी

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि सार्वजनिक यातायातको भाडादर परिमार्जन नगरेको भन्दै यातायात व्यवसायीहरूले सरकारसमक्ष कडा चेतावनी दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक गरेको धारणा अनुसार इन्धनको मूल्य छोटो अवधिमा पटक–पटक बढ्दा सञ्चालन लागतमा उल्लेखनीय वृद्धि भएको भए पनि भाडा समायोजन नहुँदा व्यवसाय सञ्चालन कठिन बन्दै गएको छ। महासंघले सरकारलाई तत्काल भाडादर पुनरावलोकन गर्न आग्रह गर्दै माग सम्बोधन नभए देशभर सार्वजनिक यातायात सेवा अवरुद्ध गर्ने वा व्यवसायी स्वयंले भाडा निर्धारण गर्ने विकल्प अघि सारिएको जनाएको… पुरा पढौ

प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गण्डकी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन्। छलफलको क्रममा प्रदेशका विकास योजनाहरू, संघ-प्रदेश समन्वय, तथा स्थानीय तथा राष्ट्रिय नीतिगत मुद्दाहरूमा विचार-विमर्श भएको जनाइएको छ। पुरा पढौ