प्रमुख समाचार

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया… पुरा पढौ

आजदेखि संसद् अधिवेशन

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २:०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । संघीय संसद्अन्तर्गतको… पुरा पढौ

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध, सुहाङले दिए बधाई

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्। बुधबार सम्पन्न चयन प्रक्रियामा थापाको एकल उम्मेदवारी कायम भएपछि उनी निर्विरोध रूपमा दलको नेता बनेका हुन्। यसअघि सुहाङ नेम्वाङले पनि नेतृत्वका लागि दाबी प्रस्तुत गरेका थिए। निर्वाचनपछि नेम्वाङले थापालाई खादा ओढाएर बधाई व्यक्त गरेका छन्। पुरा पढौ

मार्चमा नेपाल भित्रिए १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक

काठमाडौँ। मार्चमा नेपालमा १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटकले भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांक अनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ। विशेष रूपमा, दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६ सय ६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो। यसमा भारतबाट २५ हजार ७ सय २८, श्रीलंकाबाट १० हजार ७ सय ५९ र बंगलादेशबाट ४ हजार ६ सय… पुरा पढौ

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा (रुपन्देही) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तरराष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तरराष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ । “हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ”, उनले भने । हालसम्म थाई एयर… पुरा पढौ

राउतको अवकाशसँगै सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण मंगलबार अवकाश भएपछि संवैधानिक व्यवस्थाअनुसार मल्ल कार्यवाहक नेतृत्वमा पुगेकी हुन्। नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। सोही प्रावधानअनुसार अदालतको नेतृत्व मल्लले सम्हालेकी हुन्। मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्। सर्वोच्चमा कार्यरत रहँदा उनले लैंगिक न्याय, घरेलु… पुरा पढौ

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ । गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहने छ भने पहाडी तथा… पुरा पढौ