प्रमुख समाचार

हवाई इन्धनको मूल्य दोब्बरले बढ्यो

काठमाडौँ। हवाई इन्धनको मूल्य झन्डै दोब्बरले वृद्धि गरिएको छ। नेपाल आयल निगम लिमिटेडले बुधवार गरेको नयाँ समायोजनअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानतर्फ इन्धनको मूल्य उल्लेख्य रूपमा बढाइएको हो। निगमले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य साविक प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ। यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ पनि मूल्यमा ठूलो वृद्धि गरिएको छ। काठमाडौँमा यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेको हवाई इन्धनको मूल्य बढेर १,७८५ डलर पुगेको छ। पोखरामा यसअघि प्रति किलोलिटर ८०१ डलर रहेको… पुरा पढौ

तत्कालीन सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जिल्ला सरकारी वकिलको रायअनुसार मंगलबार साँझ हाजिरी जमानीमा रिहा गरिएको हो । प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले उनलाई हाजिरी जमानीमा रिहा गरिएको जानकारी दिए। उनलाई सोही दिन बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । जेनजी आन्दोलनसम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको… पुरा पढौ

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणमा एकाधिकार अन्त्य, सरकारी अस्पतालमार्फत सेवा विस्तार

काठमाडौँ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रक्रियामा देखिएको एकाधिकारको अवस्था हटाउने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ। यस निर्णयसँगै अब श्रमिकले सरकारी स्वामित्वका वा नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण सेवा लिन सक्ने भएका छन्। मन्त्रालयद्वारा सार्वजनिक सूचना अनुसार वैदेशिक रोजगारी ऐन, २०६४ तथा सम्बन्धित नियमावलीले विदेश जानुअघि अनिवार्य रूपमा स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने व्यवस्था गरेको छ। तर व्यवहारमा सीमित स्वास्थ्य संस्थामा मात्र सेवा केन्द्रित हुँदा प्रतिस्पर्धा अभाव र ‘सिन्डिकेट’ जस्तो अवस्था सिर्जना भएको भन्दै… पुरा पढौ

दार्चुलामा जीप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

Mardi News
खलङ्गा (दार्चुला) । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो । कामको सिलसिलामा उनीहरू काडापारीबाट ओसिलतर्फ गएको जनाइएको छ ।  दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । पुरा पढौ

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो । उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन् । पुरा पढौ

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत देशका पहाडी… पुरा पढौ

इरानबाट भारत आउने तयारीमा रहेको विमान अमेरिकी हमलामा क्षतिग्रस्त

इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो । औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला विमानमाथि हमला भएको हो ।अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ३१औँ दिनमा प्रवेश गरेको छ । तनाव साम्य हुने संकेत अझै देखिएको छैन । पुरा पढौ