प्रमुख समाचार

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती… पुरा पढौ

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालत स्रोतले जनाएको छ ।  भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धानका लागि बनेको जाँचबुझ आयोगले दुवै जनामाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो। पुरा पढौ

लामिछानेको मुद्दा संशोधन रिट पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। सुनुवाइपछि अदालतले रिटको बहस पूर्ण इजलासमा अघि बढाउने निर्णय गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। पुरा पढौ

ओलीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता, सोमवार सुनवाई हुने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्ने मागसहित बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। रिट ओलीकी पत्नी राधिका शाक्यको तर्फबाट पेश गरिएको हो । जसमा पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरी थुनामा राख्नु गैरकानूनी भएको दाबी गरिएको छ। अदालतले दर्ता भएको रिटमाथि बहस सोमबार गर्ने निर्णय गरेको छ। पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री तथा काँग्रेस नेता लेखकलाई जेन जेड आन्दोलनको क्रममा दमन गर्ने आरोपमा चैत १४ गते शनिबार पक्राउ गरिएको थियो। पक्राउसँगै ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको… पुरा पढौ

नेप्से परिसूचकमा ७१ अङ्कको गिरावट

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७१ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ८७९ दशमलव ११ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४० प्रतिशतको गिरावट हो । आज ३३३ कम्पनीको तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर एक लाख ९६ हजार १५८ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ दशमलव ९८ को… पुरा पढौ

नेकपा संसदीय दल नेतामा प्रचण्ड चयन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतृत्वका लागि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरिएको छ। संसदीय दलको आइतबार सम्पन्न बैठकले ‘प्रचण्ड’लाई दलको नेता नियुक्त गरेको जानकारी सांसद रमेश मल्लले दिएका छन्। यसअघि २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सीट जितेर संसदीय प्रतिनिधित्व सुनिश्चित गरेको थियो। पुरा पढौ

ओली-लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि १० दिनको थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरिएको छ । सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा निवेदन पेश गरिएको सहन्यायाधिवक्ता एवं कार्यालय प्रमुख रामहरि शर्माले जानकारी दिए। अहिले उक्त निवेदनमाथि बहस चलिरहेको छ। आज जिल्ला अदालतमा जरुरी पक्राउ पुर्जीको समर्थन र १० दिनको म्याद थपका सम्बन्धमा दुई वटा निवेदन दर्ता भएको थियो। पुरा पढौ