प्रमुख समाचार

मातृभाषामा शपथ लिन ४७ सांसदको नाम दर्ता, विविध भाषाको प्रयोग हुने

काठमाडौँ । संघीय संसदमा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूमध्ये ४७ जनाले नेपालीबाहेकका भाषामा शपथ ग्रहण गर्ने इच्छासहित नाम दर्ता गराएका छन्। संघीय संसद् सचिवालयका अनुसार सम्बन्धित सांसदहरूले आ-आफ्नो मातृभाषा वा रोजाइको भाषामा शपथ लिन नाम सूचीकृत गराएका हुन्। हालै सम्पन्न निर्वाचनबाट आएका प्रतिनिधिसभा सदस्यहरूको शपथ आगामी चैत १२ गतेका लागि तय गरिएको छ। दर्ता सूचीअनुसार विभिन्न भाषामा शपथ लिने तयारी गरिएको छ, जसमा संस्कृत, मैथिली, राना थारू, थारू र नेपाल भाषा लगायतका भाषाहरू समावेश छन्। प्राप्त विवरणअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिक… पुरा पढौ

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

दमौली (तनहुँ) । सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए । त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउने गरेको रानाभाटले बताए। मानिसले जानीजानी लगाउने डढेलो नियन्त्रण नै अहिलेको प्रमुख चुनौती रहेको उनको भनाइ छ । उनले भने, “सामुदायिक वनमा यत्तिकै आगो लाग्ने सम्भावना निकै कम छ, मानिसले नयाँ घाँस पलाउँछ भनेर डढेलो लगाइदिने गरेका छन् । यसलाई… पुरा पढौ

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

काठमाडौँ । इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सोमबार काठमाडौँमा पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका संयोजक सनम राईले ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको बताए । करिब ४० किलोमिटर लामो उक्त पदमार्गले माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीयस्थललाई जोड्छ । यस मार्गमा रेडपाण्डासहित विभिन्न प्रजातिका चरा, वन्यजन्तु, जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिन्छ । सन्दकपुर गाउँपालिका–४… पुरा पढौ

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती,… पुरा पढौ

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वपर्यटन मन्त्री भीम आचार्यसँग साढे २ लाख रुपैयाँ धरौटी माग भएको छ। सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साढे २ लाख धरौटीमा छाड्न आदेश दिएको हो । आचार्यले उपस्थित हुने निवेदन दिएका थिए। त्यसमा आचार्यको बयान सकिएसँगै थुनछेक आदेश भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले मंसिर २१ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा मुद्दा दायर गरेको थियो। ५५ जना प्रतिवादी बनाइएको यस मुद्दामा ४० जना हाजिर भइसकेका छन्।… पुरा पढौ

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व संकलन

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व संकलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म रु पाँच अर्ब ७१ करोड १० लाख राजस्व संकलन गरेको जनाएको छ । कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट रु १२ अर्ब १७ करोड मूल्य बराबरको मालवस्तु आयात भएको छ भने रु २० करोड ३० लाख मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको हो । हालसम्म कोरलानाकाबाट… पुरा पढौ

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ । होटेल संघ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित सो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म जारी रहने छ । विगत २२ वर्षदेखि सञ्चालन भैराखेको सो अभियान वीरगञ्ज, हेटौँडा, विराटनगर, इलाम लगायतका सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना हुने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायीका साथै… पुरा पढौ