प्रमुख समाचार

आइतबारसम्म मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले शुक्रबार साँझ सार्वजनिक गरेको तीन दिने मौसम बुलेटिनअनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदलीको अवस्था रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका सीमित क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातसमेत भइरहेको उल्लेख गरिएको छ। शुक्रबार रातिदेखि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका… पुरा पढौ

दाउन्ने क्षेत्रमा रातिको समयमा ठुला मालवाहक सवारी साधन चलाउन रोक

नारायणघाट–बुटवल सडक खण्डमा आजबाट तीन दिन राति ठुला मालवाहक सवारी सधान चलाउन रोक लगाइएको छ । सडक विभागको आयोजना निर्देशनालयले अत्यन्त जरुरी सूचना जारी गर्दै आजदेखि परेको अविरल वर्षाका कारण उक्त खण्डको सडक चिप्लो भई ठूलो मालवाहक सवारीसाधनहरू चिप्लिने, अड्किने तथा जाम हुने समस्या देखिएकोकाे रातिको समयमा त्यस्ता सवारी सधान संचालनमा रोक लागाएको जानकारी गराएको हो । यही अवस्थालाई मध्यनजर गर्दै चैत ६ गतेदेखि चैत ९ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म ठूलो मालवाहक सवारीसाधनहरूलाई बर्दघाटतर्फ त्रिवेणी चोक र… पुरा पढौ

इरानमा एक नेपाली नागरिक सुरक्षा निकायको नियन्त्रणमा

इरानी सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको तथ्य सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गत पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार उक्त घटना स्ट्रेट अफ हर्मुज क्षेत्र आसपास भएको हो। उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन्। यसअघि इरानमा रहेका नेपाली नागरिकको संख्या ६ रहेको बताइएको थियो। तर पछिल्लो अद्यावधिक विवरणअनुसार त्यहाँ रहेका नेपालीहरूको संख्या बढेर ११ पुगेको मन्त्रालयले जनाएको छ। पुरा पढौ

सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते

त्रिशूली (नुवाकोट) । नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए। घटना पश्चात् गम्भीर घाइते अवस्थामा तामाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ । हाल उनी धुमबाराहीस्थित ह्याम्स अस्पताल उपचाररत छिन् । घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय १७-१८ जना मानिसहरू मिलेर बिहीबार दिउँसो बस्ती… पुरा पढौ

आज विश्व हिमनदी दिवस

काठमाडौँ । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसंघको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्त्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्षमा २० मार्चमा मनाइन्छ ।  पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्त्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।  हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीका आधारसमेत हुन् । पछिल्लो… पुरा पढौ

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधरणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी,… पुरा पढौ

शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले पूर्वी नेपालमा हावाहुरी चल्ने सम्भावना औँल्याएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले बिहीबार सूचना जारी गर्दै प्रि–मनसुनको अवधि रहेकाले मौसमजन्य जोखिम बढ्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। आगामी तीन दिनको पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने देखिएको छ। त्यस्तै, शुक्रबारदेखि लुम्बिनी प्रदेशका तराई क्षेत्रका दाङ र नेपालगञ्ज… पुरा पढौ