प्रमुख समाचार

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनको तयारी, च्याम्पियनसिपमार्फत औपचारिक सुरुआत हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै रोकिएको प्याराग्लाइडिङ खेल पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढाइएको छ। लामो समयदेखि स्थगित रहेको यो साहसिक खेल अब पुनः सुरु हुने भएको हो। आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय मानिएको प्याराग्लाइडिङ विगतमा दैनिक रूपमा ठूलो संख्यामा सञ्चालन हुँदै आएको थियो। विमानस्थल निर्माणपछि आकाशीय गतिविधिमा प्रतिबन्ध लागेसँगै यो सेवा बन्द भएको थियो। हाल मौसम अनुकूल बन्दै जानुका साथै अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृंखलालगायतका प्राकृतिक दृश्य अवलोकनका लागि पोखरा आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ। यससँगै प्याराग्लाइडिङप्रतिको आकर्षण पनि पुनः… पुरा पढौ

रुपातालमा १० हजार माछाका भुरा छाडियो

लेखनाथ (कास्की) । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ । रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आयआर्जनमा सहयोग पुग्नेगरी माछाका भुरा छाडिएको हो । रुपा गाउँपालिका र पोखरा महानगरपालिका–३२ मा पर्ने रुपाताल पुन:स्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालमा विभिन्न जातका माछाका भुरा छाडिएकोसंस्थाका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए । “विसं २०५८ मा ३६ जना शेयर सदस्यबाट सुरु गरिएको रुपाताल सहकारीले सफलतापूर्वक २५ वर्ष पार गरेको अवसरमा ‘प्राकृतिक… पुरा पढौ

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका… पुरा पढौ

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

रुपन्देही । बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो, प्रेम, निष्ठा र शान्तिको प्रतीक मानिने लोपोन्मुख पन्छी सारसको । विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र होइन, प्रजननका लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ । स्थानीय बासिन्दाको सचेतना, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र स्थानीय क्लबको सहकार्यले यहाँ सारस संरक्षण अभियानलाई नयाँ उचाइ दिएको छ । प्रकृतिको काखमा सुरक्षित महसुस गरेका… पुरा पढौ

निकुञ्जमा सिकार खेल्न गएका पाँचजना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँचजना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार, आइतबार बेलुका ५ बजेतिर प्रहरीलाई सिकार खेल्न गएहरू बेपत्ता भएको खबर प्राप्त भएको थियो ।अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको कमाण्डमा… पुरा पढौ

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आएका छन् । “यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन यसपाली पनि आएको हो,” उनले भने “तातोपानीमा शरिर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महशुस गरेको छु ।” धवलागिरी गाउँपालिका–३ मुनाका बुद्धिमान पुन छाला सम्बन्धी समस्याको उपचारका लागि तातोपानी कुण्डमा आएका आइतबार छ दिन भयो । सुरुका दिनको तुलनामा स्वास्थ्यमा सुधार हुदै गएको उनले अनुभव बताए।… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ । निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर रु ३१, डिजेलमा प्रतिलिटर रु ५४ तथा खाना पकाउने एलपि ग्यासमा रु २१६ वृद्धि गरिएको छ । सो मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर १८८, डिजेल १९६ र एलपि… पुरा पढौ