प्रमुख समाचार

अवरुद्ध पृथ्वी राजमार्गको गल्छी-मलेखु खण्ड तीन दिनपछि सञ्चालनमा

विगत तीन दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको गल्छी-मलेखु खण्ड अन्तत: सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो ।  सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार राजमार्गको गलौँदी, बांगे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो । जसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । उप महानिर्देशक अर्यालले यस पटकको प्राकृतिक प्रकोप र पहिरोको प्रकृति विगतको तुलनामा भिन्न… पुरा पढौ

भोटेकोशी बाढी अपडेट: ५५३ जनाको मृत्यु

नेपाल प्रहरीले शुक्रबार अपरान्ह ५ बजेसम्म पाँच सय ५३ जनाको शव फेला परेको जानकारी दिएको छ ।  प्रहरीका अनुसार रसुवामा १३ जना, धादिङमा ४० जना, गोरखामा ४७ जना, नवलपरासी पूर्वमा १३४ जना, नुवाकोटामा ३८ जना, चितवनमा २२२ जना, तनहुँमा ३१ जना र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो ।  बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ ।   हालसम्म सम्पर्कविहीन रहेका २८ जना प्रहरी कर्मचारीमध्ये एक प्रहरी मृत फेला परेका… पुरा पढौ

पृथ्वी राजमार्ग खुलाउन २५ भन्दा बढी हेभी उपकरण परिचालन, साँझसम्म पूर्ण सञ्चालनको अपेक्षा

त्रिशूली नदीमा आएको बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्डमा यातायात सञ्चालनका लागि सडक विभागले निर्माण व्यवसायीका उपकरणसमेत परिचालन गरेर काम तीव्र बनाएको छ। धादिङको गल्छीदेखि मुग्लिनसम्म विभिन्न स्थानमा जमेको हिलो, लेदो तथा पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ। अवरोध हटाउन २५ भन्दा बढी हेभी इक्विपमेन्ट तथा अन्य यान्त्रिक उपकरण परिचालन गरिएको छ। बाढीका कारण पृथ्वी राजमार्गको करिब १५ किलोमिटर सडक प्रभावित भएको छ। सडक स्तरोन्नतिको काममा प्रयोग हुँदै आएका पिच प्लान्टलगायत निर्माण सामग्री तथा उपकरणमा… पुरा पढौ

चीनतर्फ थुनिएको ताल फुटेको सूचना, त्रिशूली तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह

चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएकोले सतर्क रहन भनिएको अधिकारीहरुले बताएका छन् । त्यसलगत्तै सम्भावित जोखिमलाई ध्यानमा राखेर नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सूचना प्रवाह गरिएको बताइएको छ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास पहिरो तथा भग्नावशेषका कारण पानी थुनिएर ताल बनेको थियो। यी नदीको… पुरा पढौ

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै मन्त्री पोखरेलले विश्वविद्यालयसम्बन्धी विद्यमान ऐनबाट प्राप्त अधिकार प्रयोग गरी परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्। उनले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न भनेका छन्। भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा परीक्षा सञ्चालन गर्ने… पुरा पढौ

भोटेकोशी बाढी : बिहान ७ बजेसम्म ४६९ शव फेला

रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार रसुवाबाट १२ जना, नुवाकोटमा ३७, धादिङमा ३३ र चितवनमा १७८ जनाको शव फेला परेको हो । यस्तै गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । यसैगरी रसुवा, नुवाकोट र धादिङबाट एक हजार ५४५ जनालाई घाइते तथा अन्य अवस्थाबाट उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ६४४, नुवाकोटका ८९८ र धादिङका तीन जना छन्। बाढी प्रभावित क्षेत्रमा… पुरा पढौ

आज जनैपूर्णिमा पर्व मनाइँदै

देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण,… पुरा पढौ