प्रमुख समाचार

पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ ।  कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकरदुई… पुरा पढौ

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ । विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गरिने जनाएको छ । विवादित महसुलका सम्बन्धमा सुरुआती सुनुवाइ आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त नबुझेको खण्डमा अदालत जान पाइने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै केही उद्योगी आयोग गएका थिए । आयोगले निरन्तर रूपमा महसुलका… पुरा पढौ

समानुपातिक सिट बाँडफाँट, कसले कति पाए ?

काठमाडौँ । समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार (फागुन २८) समानुपातिक मतका आधारमा सिटको टुंगो लगाएको हो । जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ । दोस्रो बनेको काँग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको हो छ भने नेपाली कम्युनिष्ट पार्टीले ९ सिट पाएको छ ।  श्रम संस्कृति र राप्रपाले समान ४/४ सिट पाए । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको… पुरा पढौ

महावीर पुनलाई अभद्र व्यवहार गर्ने विकास ३ पटक लागू औषध मुद्धामा सजाय पाएका व्यक्ति

पोखरा । पोखराको पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेको अवस्थामा डा। महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझापाटन बस्ने ४३ वर्षका विकास गुरुङलाई बिहीबार पक्राउ गरिएको हो । गएको फागुन २५ गते पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा महाबिर पुन र उनको टोली ‘ महावीर पुन’ नामक पुस्तक बिक्री गरिरहेका थिए । सोही समयमा एक अपरिचित व्यक्तिले पुनमाथि अभद्र व्यवहार गरेका थिए । उक्त घटनाको… पुरा पढौ

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता थापाको निधन

एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरा-९ शान्तिवनस्थित जिल्ला पार्टी कार्यालयमा बैठकमा बोल्ने क्रममा एक्कासि ढलेपछि उनलाई मणिपाल अस्पताल पुर्‍याइएको थियो । पोखराका पूर्व मेयरसमेत रहेका थापालाई प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा भइरहेका बेला हृदयघात भएको थियो । कास्की-१ को निर्वाचनको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि उनी हृदयाघात भई ढलेका थिए । उनलाई तुरुन्तै मणिपाल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको अस्पताल स्रोतले जनाएको छ । थापा तत्कालीन पोखरा नगरपालिकामा २०५४–२०५९… पुरा पढौ

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया… पुरा पढौ

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच लाखभन्दा बढी मत प्राप्त गरेको छ ।  गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपातिकतर्फ पनि सर्वाधिक मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।  सूचना अधिकारी न्यौपानेका अनुसार प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले कुल पाँच लाख २५ हजार ६३५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले दुई लाख सात हजार ३८७ मत प्राप्त गरेको छ ।… पुरा पढौ