प्रमुख समाचार

कास्की–२ मा फराकिलो मतान्तरसहित रास्वपाका उत्तमप्रसाद विजयी

पोखरा । नेकपा (एमाले) को बलियो पकड मानिने कास्की निर्वाचन क्षेत्र नम्बर २ को नतिजा यसपटक उलटफेर भएको छ । एमालेको विरासत भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रश्मि आचार्यलाई २४ हजार ४१८ मतको फराकिलो अन्तरले पराजित गरे । पौडेलले ३१ हजार ९११ मत प्राप्त गर्दा आचार्य ७ हजार ४९३ मतमा सीमित भए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोलाले ६… पुरा पढौ

मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् । यस्तै ४५ मत बदर भएको छ । मनाङमा २९२३ मतदाताले मतदान गरेका थिए । यो नेपाली कांग्रेसको दोस्रो जित हो । यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् । पुरा पढौ

रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री दाहाल विजयी

रुकुम पूर्व । रुकुम पूर्वमा पूर्वप्रधानमन्त्रीमध्ये नेकपा संयोजक पुष्पकमल दाहाल विजयी भएका छन् । दाहाल १० हजार २ सय ४० मतसहित विजयी भएका हुन् ।दाहाल लगातार पाँचौँपल्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । दाहालका निकटतम् प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत पाए । त्यस्तै कांग्रेस उम्मेदवार कुसुम थापाले ३ हजार ८१ मत पाउँदा रास्वपाका लखनकुमार थापाले ८१९ मत ल्याए । त्यस्तै प्रलोपाका सन्दीप पुनले २०३ मत ल्याए ।  पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित… पुरा पढौ

प्रचण्डको जित सुनिश्चित

रुकुमपूर्व । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जित सुनिश्चित देखिएको छ। जिल्लामा कुल ३४ हजार ७७२ मतदाता रहेका छन्। तीमध्ये १९ हजार १८८ मत खसेको थियो। हालसम्म १५ हजार ८२३ मत गणना हुँदा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्। त्यसै गरी, एमालेका लीलामणि गौतमले ३ हजार १७ मत, नेपाली काँग्रेसकी सुकुसदेवी थापा ले २ हजार ४७७ मत र रास्वपाका लखन थापा ले ७१२… पुरा पढौ

म्याग्दीमा महावीर पुनलाई दोब्बरभन्दा बढी मतको अग्रता

म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । धवलागिरि गाउँपालिका र मालिका गाउँपालिकाका ४ वडासम्मको मतगणना गर्दा महावीर पुनले ३ हजार ७ सय ४० मत पाएर फराकिलो अग्रता लिएका छन् ।  एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ५ सय २८ मतले ल्याएका छन् । नेकपाका अर्जुन थापाले १ हजार ३ सय २० र काँग्रेसका कर्णबहादुर भण्डारीले १ हजार २ सय ८७ मत पाएका छन् । पुरा पढौ

तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँ । तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा स्वर्णिम वाग्लेले दुई हजार ९२८ मत प्राप्त गरेका छन् । यहाँ नेपाली काँग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले एक हजार १०१ प्राप्त गरेकी छिन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ८६ मत प्राप्त गरेका छन्… पुरा पढौ

निर्वाचनको पछिल्लो मतगणना: ७० स्थानमा रास्वपा अगाडि

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ७० स्थानमा, नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी छ/छ स्थानमा अगाडि छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् । यसैगरी हालसम्म रास्वपा र काँग्रेसका एकरएक जना उम्मेदवार विजयी भएका छन् । रास्वपाका रञ्जु दर्शना १५ हजार… पुरा पढौ