पोखरा। नेपाली काँग्रेसका सभापति गगन थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन्। शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले सरकारमा गएकै दिनदेखि काम गर्नेलाई जिम्मेवारी दिन आग्रह गरे। ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ,’ थापाले भने। सरकार चलाउनेबारे आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने स्पष्ट खाका बनाएको बताए। ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरूलाई दिने भनियो भने देश फेरि पछाडि…
पुरा पढौ