प्रमुख समाचार

आदिवासी जनजाति समुदायका अधिकारसम्बन्धी मागसहित साझा अडान पत्र सार्वजनिक

काठमाडौँ। आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आदिवासी जनजाति समुदायसँग सम्बन्धित विभिन्न विषय समेट्दै ‘इन्डिजिनियस पिपुल्स कलेक्टिभ इनिसिएटिभ्स’ नामक पहल समूहले साझा धारणा दस्तावेज सार्वजनिक गरेको छ। उक्त कागजातमा समुदायसँग आबद्ध करिब एक सयभन्दा बढी अधिकारकर्मी तथा बौद्धिक व्यक्तिहरूको हस्ताक्षर रहेको जनाइएको छ। दस्तावेजमा नेपालको संविधान २०७२ मा संशोधन गरी राज्य संरचनालाई बहुराष्ट्रिय अवधारणाअनुसार पुनर्परिभाषित गर्नुपर्ने तथा आदिवासी समुदायका सामूहिक अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गर्नुपर्ने माग समावेश गरिएको छ। पहिचान र क्षमता आधारमा प्रदेश सीमांकन पुनरावलोकन गर्दै हालको सात प्रदेशको सट्टा… पुरा पढौ

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ, स्थानीय त्रसित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय त्रसित भएका छन् भने प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको  छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघ बस्तीमा पसेर घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत छन् । त्रिशक्ति उपभोक्ता समितिले पनि उनीहरूलाई सचेत रहन आग्रह गरेको छ । बाघ बस्तीमा आउन थालेपछि निकुञ्ज वरपरका स्थानीयलाई राति हिँडडुल नगर्न, हिँड्नै परेमा समूहमा पर्याप्त उज्यालो (टर्च लाइट) लिएर मात्र निस्कन र घर–गोठ वरपरका झाडी तथा बुट्यानहरू सफा राख्न अनुरोध गरिएको समितिका अध्यक्ष… पुरा पढौ

तीन महिनामा ५६६ गैरआवासीय नेपाली नागरिकता जारी

काठमाडौँ । पछिल्लो तीन महिनाको अवधिमा ५६६ जनाले गैरआवासीय नेपाली संघ (एनआरएन) नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयले सार्वजनिक गरेको कात्तिक १ गतेदेखि पुस मसान्तसम्मको तथ्यांक अनुसार उक्त संख्यामा नागरिकता वितरण भएको हो। सोही अवधिमा कुल दुई लाख दुई हजार ९५६ वटा विभिन्न प्रकारका नागरिकता प्रमाणपत्र जारी गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ। यसमध्ये वंशजका आधारमा नागरिकता लिनेको संख्या एक लाख १९ हजार १२ रहेको छ। त्यस्तै २६ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् भने वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या तीन… पुरा पढौ

तमु साँकृतिक प्रतिष्ठानको २५ औं बाषिकोत्सव कार्यक्रममा स्रष्टा सम्मान

तमु साँकृतिक प्रतिष्ठान नेपालको २५ औं बार्षिकोत्सव, स्रष्टा सम्मान एवम् विद्यार्थी पुरस्कार वितरण कार्यक्रम बुधबार, फागुन ६ गते पोखरामा भव्य तरिकाले सम्पन्न भएको छ । वरिष्ठ समाजसेवी, तमु धिं नेपालका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार एवम् परमसंरक्षक तथा प्रतिष्ठानका अक्षयकोष दाता कर्म तमुको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ५ जना स्रष्टाहरुलाई सम्मान गरिएको छ । “पार्वता तमु स्मृति पुरस्कार” द्वारा समाजसेवी कृष्णबहादुर तमुलाई सम्मान गरिएको छ । “घनबहादुर तमु स्मृति सम्मान” द्वारा साहित्यकार तीर्थ तमु, “क्या. मिनबहादुर तमु स्मृति सम्मान)द्वारा नृत्य… पुरा पढौ

देशमा पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने हिमाली भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा तथा… पुरा पढौ

लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था हो: अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन् । उनले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था भएको उल्लेख गरेका छन् । अध्यक्ष दाहालले भनेका छन्, “राष्ट्रियसभाले नीतिनिर्माण, विधायन व्यवस्थापन, लोकतान्त्रिक अभ्यासको संस्थागत विकास, नागरिक अधिकारहरूको संरक्षण तथा राष्ट्रिय हितका विषयहरूमा निरन्तर क्रियाशील… पुरा पढौ

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गरेका हुन् । उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनि कामना गरेका छन् ।शुभकामना सन्देशमा भनिएको… पुरा पढौ