प्रमुख समाचार

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस रामेछापस्थित तामाकोशी नदीमा खस्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिएका छन् । प्रजिअ थापाका अनुसार दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ । काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ ख ९९७५ नम्बरको… पुरा पढौ

इस्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग गरिने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्ने सरकारी व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेल सम्मिलित इजलासले यातायात व्यवस्था विभागले ३ भदौ २०८२ मा जारी गरेको सूचनालाई हाल लागू नगर्न अन्तरिम आदेश जारी गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन मन्त्री देवेन्द्र दाहालको नेतृत्वमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य बनाउने निर्णय गरिएको थियो । सो निर्णयले नेपाली भाषाको प्रयोगविरुद्ध असर पर्ने दाबी… पुरा पढौ

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालेपछि पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ, २७ माघ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) बनाउन थालिएको छ । धवलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोगविहीन भएका थिए भने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो । लामो समयको प्रयास र करोड खर्च गरेर प्रयोगशाला स्थापना गरिएको छ भने आइतबारदेखि प्रयोगशालाले सेतो रगत उत्पादन गर्न थालेको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले लामो समयको प्रयास र विभिन्न निकायको सहयोगमा झण्डै एक… पुरा पढौ

तराई भूभाग, उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी… पुरा पढौ

बजारमा खाने तेल र खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौँ । बजारमा खाने तेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ । विभागले उपभोक्तालाई अति आवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रुपमा अन्य सक्षम निकायको सहयोग लिइ संयुक्त: बजार अनुमगन अगाडि बढाइएको उल्लेख गरेको छ । सहज रूपमा उपभोक्तालाई राहत दिन, उपभोग्य वस्तुको कृत्रिम अभाव गराउनेलाई कारबाहीको दायरामा ल्याउन विभागले प्रभावकारी रुपमा अनुमगन गरिरहेको… पुरा पढौ

जेन-जी आन्दोलनमा घटेका घटनाको छानविन गर्न गठित आयोगको म्याद फेरि २५ दिन थप

काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएको हो । असोज ५ गते गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई सुरूमा ३ महिनाको समय सीमा दिइएको थियो तर काम नसकिएको भन्दै आयोगले समय मागेपछि पहिलोपटक १ महिना र पछिल्लो पटक २० दिन समय थपिएको थियो । पुरा पढौ

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

मुस्ताङ । माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ । लोमान्थाङ–४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र ईलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले रु एक लाख १७ हजार बराबरको अवैध सामान बरामद गरेको हो । लोमान्थाङस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका नायब सुब्बा भोजराज अधिकारी नेतृत्वको टोलीले अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाबाट बरामद गरिएको अवैध सामान… पुरा पढौ