समाचार

बढीमा परेका १९ जनाको शव फेला, ठूलो संख्यामा नागरिकहरु वेपत्ता

रसुवा। भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीमा परी वेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई सरकारले तीव्र बनाएको छ। नेपाल प्रहरीले हालसम्म बाढीमा परी १९ जनाको शव फेला परेको जनाएको छ। खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासी खटिएका छन्। बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका तथा उद्धार गरिएकाहरूलाई काठमाडौँ ल्याई विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढीमा परी ३८४ पर्यटक सम्पर्कविहीन भएका… पुरा पढौ

भोटेकोशी बाढी : नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ। प्राप्त विवरणअनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनालाई सुरक्षित स्थानमा पुर्‍याएको छ। निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले थप २९ जनाको उद्धार गरेका छन्। सेनाले टिमुरेबाट धुन्चेसम्म ६० जना, टिमुरेबाट त्रिशूलीसम्म १३ जना, मैलुङबाट पाँच जना र बेत्रावतीबाट चार जनाको उद्धार गरेको छ। यस्तै, त्रिशूलीबाट तीन जनालाई काठमाडौँ ल्याइएको छ। निजी क्षेत्रतर्फ कैलाश हेलिकप्टरले पाँच जनालाई रसुवाबाट त्रिवि शिक्षण अस्पताल पुर्‍याएको… पुरा पढौ

भोटेकोसी बाढी: ३८४ पर्यटक सम्पर्कविहीन

रसुवाको भोटेकोसीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोसीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाईंकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार बेपत्ता… पुरा पढौ

भोटेकोशी बाढी: तीन जनाको शव भेटियो, सेनाद्वारा २५ जनाको उद्धार

नुवाकोट । भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो । शवको पहिचान भने भएको छैन । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।  प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम… पुरा पढौ

रसुवामा बाढीको विकराल रुप : १२ जनाको उद्धार,१२ हेलिकोप्टर परिचालन

रसुवामा भदौ १० गते आएको बाढीबाट प्रभावितहरूको हवाई उद्धार जारी छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत विभिन्न स्थानबाट हालसम्म १२ जनाको उद्धार गरिएको छ भने प्रभावित क्षेत्रमा सेना र निजी कम्पनीका गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएका छन्। नेपाली सेनाबाट प्राप्त विवरणअनुसार स्याफ्रुबेँसीबाट ६, मैलुङबाट दुई र धुन्चेबाट चार जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। तीन स्थानबाट गरी हालसम्म उद्धार गरिएकाको संख्या १२ पुगेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ। त्यस्तै, निजी कम्पनीका आठवटा… पुरा पढौ

गण्डकीमा सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा

पोखरा । नेकपा एमालेबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका चार जना मन्त्रीले राजीनामा दिएका छन् । बुधबार बिहान बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका हुन् । एमालेबाट सरकारको नेतृत्व गरेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थमन्त्री लक्ष्मण पाण्डेले राजीनामा बुझाएका हुन् । केन्द्रमा नेकपा एमाले र अर्को कम्युनिस्ट पार्टीबीच नयाँ सहकार्य सुरु भएपछि गण्डकीमा पनि एमाले… पुरा पढौ

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका लागि नेपाली सेनाको टोली परिचालन भएको छ । उक्त नदीमा आज बिहानको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रदेखि तटीय क्षेत्रमा क्षति भएको जानकारी प्राप्त हुनासाथ सेनाको टोली परिचालन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् । त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ । त्यसैगरी, धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ ।… पुरा पढौ