समाचार

आज यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका धेरै स्थानमा… पुरा पढौ

मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन

पोखरा । कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ जना युवक सम्पर्कविहीन भएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रको जंगलमा उनीहरु सम्पर्कविहीन भएका हुन् । बाटो बिराएर अलपत्र परेको हुन सक्ने प्रहरीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी विरेन्द्र पासवानका अनुसार उनीहरु बुधबार बिहान ८ बजेसम्म सम्पर्कमा थिए । ‘बिहान ८ बजेतिर सम्पर्क भएको र त्यसपछि सम्पर्कमा नरहेको भन्ने बुझिएको छ,’ उनले भने, ‘उनीहरुको मोबाइल अफ भएको छ । उक्त क्षेत्रमा नेटवर्कले पनि… पुरा पढौ

सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढ्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा रु चार हजार दुई सय रुपैयाँले बढेर रु दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छन् ।   मंगलबार सुन तोलामा दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ  । आज चाँदी ९५ रुपैयाँले बढेर रु चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ३८० मा कारोबार… पुरा पढौ

पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिए। यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ । पुरा पढौ

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा… पुरा पढौ

पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित राजस्व छुट प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा अधिकारीसँग तीन लाख रुपैयाँ धरौटी माग गर्दै उक्त आदेश दिएको हो। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अधिकारीविरुद्ध अन्य मुद्दामा थुना आदेश कायम रहेकाले यस मुद्दामा धरौटी बुझाए पनि तत्काल थुनामुक्त भने हुने… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अंकले घटेर दुई हजार ६६३ दशमलव १८ अंकमा झरेको हो ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६६ अंकले घटेर ४६७ दशमलव ९६ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ४० अंकले घटेर १८३ दशमलव ३३ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक एक दशमलव आठ अंकले घटेर १५८ दशमलव ५७ मा पुगेको… पुरा पढौ