समाचार

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ । भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदायको सहआयोजनामा गत भदौ २७ र २८ गते सो सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनबाट प्राप्त भएको निष्कर्षलाई सुत्रबद्ध गरेर सरकारलाई बुझाइने आयोजकमध्येको एक परिसंघले जनाएको… पुरा पढौ

म्याग्दीमा खोलाले बगाएर एक जना बेपत्ता

गण्डकी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन् ।  रघुगंगा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उनी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरु गरिए पनि उनको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । आज बिहानैदेखि पुनः खोजी कार्य सुरु गरिएको उनको भनाइ छ । पुरा पढौ

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भू–भाग केही स्थानमा मेघगर्जन/चट्याङसहित… पुरा पढौ

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए। ‘पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ। अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ,’ उनले भने, ‘पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात नियमित सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ।’ उक्त सडकखण्डमा आइतबारदेखि रातिको समयमा सवारी आवागमन बन्द गरिएको… पुरा पढौ

बससँग ठोक्किएर कार सुनकोसीमा खस्यो, तीन जना बेपत्ता

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नबलपुर अन्तर्गत मध्यपहाडी राजमार्गमा सडक दुर्घटनामा परी एक कार सुनकोसी नदीमा खस्दा त्यसमा सवार तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको कार एकआपसमा ठोक्किएपछि कार अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल सुनकोसी नदीमा खसेको हो। इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार कारमा तीन जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनापछि कारसहित तीनै जना नदीमा बेपत्ता भएको आशंका… पुरा पढौ

गोरखामा पहिरोले तीनतले घर पूर्ण रूपमा ध्वस्त, एक जना घाइते

गोरखाको लक्ष्मीबजारमा अविरल वर्षापछिको पहिरोले घर बगाएको छ। गोरखा नगरपालिका ९ लक्ष्मीबजारदेखि शिखर जाने बाटोमा दिवामार्गमा स्थानीय मानसिंह गुरूङको तीन तले घर बगाएको हो । सडकसँगै रहेको घर पहिरोले बगाएर करिब २० मिटर तल पुगेको छ। पहिरो जाँदा घरमा एक जना मात्रै थिए। डेरा गरी बसेका रौतहट कटहरिया नगरपालिका ७ घर भएका टोखान महतो सामान्य घाइते भएका छन्।  उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरो नजिकै रहेको अर्को एक पक्की घरमा समेत आंशिक क्षति… पुरा पढौ

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी-दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ देखि भोलिपल्ट बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । यस सडक भएर मानिस मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक पनि दुई दिन… पुरा पढौ