समाचार

वर्षाले मुग्लिन-नारायणगढ सडकखण्ड प्रभावित

 पूर्वपश्चिम राजमार्ग अन्तर्गत मुलिन-नारायणगढ सडक प्रभावित भएको छ । वर्षा भइरहेकोले रातिदेखि उक्त सडकखण्डमा सवारी आवागमन केही प्रभावित भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति सडकका विभिन्न ठाउँमा ढुंगा खसेका थिए । त्यसले गर्दा केही समय सडक एकतर्फी भएको थियो । अहिले सडक सफा गरेर सञ्चालनमा ल्याइएको छ । आज सडक पूर्णरुपमा अवरुद्ध भएको छैन तर वर्षाका कारण बेलाबेलामा ढुंगा-माटो खस्ने भएकोले प्रभावित भएको प्रहरीको भनाइ छ । आज बिहान मात्रै नाम्सी नयाँ पुलमा माथिबाट ढुंगा खसेपछि सडक एकतर्फी अवरुद्ध… पुरा पढौ

मनसुनको प्रभाव कायम, यी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको भाउ यथावत्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रतिलिटर ३ रूपैयाँ, डिजेल र मट्टितेल ५ रूपैयाँ वृद्धि गरेको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ रु २० र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ। इण्डियन आयल कर्पोरेसनले ३१ जुलाइ, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा… पुरा पढौ

सुस्तामा अस्थायी माटोको बाँध हटाउने विषयमा स्थानीय र भारतीय एसएसबीबीच विवाद

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी माटोको बाँध (डिल) हटाउने क्रममा स्थानीय बासिन्दा र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच विवाद भएको छ। घटनापछि स्थानीयले विरोध जनाए पनि प्रशासनको पहलमा तत्कालका लागि अवस्था सामान्य बनेको छ। स्थानीयका अनुसार सुस्ता गाउँपालिका-५ स्थित थारु टोल क्षेत्रमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भारतीय एसएसबीका सुरक्षाकर्मीले हटाएका थिए। त्यसपछि स्थानीय बासिन्दाले त्यसको विरोध गरेका थिए। प्रशासन : अवस्था सामान्य, थप छलफल हुनेपश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाहिर प्रचार भएजस्तो… पुरा पढौ

निर्मल पुर्जाको निधनप्रति अन्नपूर्ण गाउँपालिकामा शोक बिदा

विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उनको जन्मस्थल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले आइतबार सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक गाउँपालिकाका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिइने जनाएको छ। गाउँपालिकाले दिवंगत पुर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। पुरा पढौ

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको तथा बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो… पुरा पढौ

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः०० देखि… पुरा पढौ