समाचार

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिम पहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४:४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव यही साउन २१ गते नेपाल ल्याइसकिएको छ । दुर्घटना स्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता… पुरा पढौ

सुक्खा पहिरोले जलविद्युत् गृहमा क्षति: एक जना बेपत्ता, एक घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् ।  विद्युत् गृहका कामदार अन्नपूर्ण-६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि… पुरा पढौ

पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।  तत्काल प्राप्त प्रमाण, उनको तत्कालीन पदीय हैसियत र भूमिकालाई आधार मान्दै अदालतले थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने आदेश दिएको हो। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आइतबार कार्कीसँग १५ लाख रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारेखमा राख्न आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा… पुरा पढौ

‘दि पावर अफ स्टोरी टेलिङ्ग’ सम्बन्धि कार्यशाला अभिमुखीकरण

पोखरा । राष्ट्रिय शिक्षक सीप विकास फाउन्डेसन ‘एन्फोर्स्ड्ट’, कास्कीले पोखरामा पूर्वप्राथमिक तथा आधारभूत तहका शिक्षकका लागि दुईदिने ‘कथाबाट सिकाउने कला’ अभिमुखीकरण सम्पन्न गरेको छ। प्रारम्भिक बालशिक्षा तथा बालविकासका क्षेत्रमा काम गर्दै आएको ईसीईपी नेपाल फाउन्डेसनका विज्ञ प्रशिक्षकहरूलाई निमन्त्रणा गरेर पूर्वप्राथमिक तथा आधारभूत तहका शिक्षकका लागि दुईदिने ‘कथाबाट सिकाउने कला’ अभिमुखीकरण सम्पन्न गरेको हो । ‘शिक्षण र सिकाइमा कथावाचनको शक्ति’ विषयमा केन्द्रित उक्त कार्यक्रम ७औँ कथा वाचन प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजना गरिएको थियो। पोखराका आठ विद्यालयका ८६ जना पूर्वप्राथमिक तथा आधारभूत तहका… पुरा पढौ

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ ।  कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिक स्थल र मौलिक संस्कृति ।  प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी  गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिक स्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न थालेका छन् ।  वडा नं ४ जगतमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा प्राकृतिक वातावरणको आनन्द लिन मानिसहरू पुग्ने गरेका छन् । वडा नं ६ बाहुन डाँडामा रहेको तातोपानी कुण्ड… पुरा पढौ

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार… पुरा पढौ

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’अन्तर्गत गए राति पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट २० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउने विरुद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा ‘स्वीप अप्रेसन’ सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालयसहित मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखराको पृथ्वी चोक, सभागृह चोक, सिर्जना चोक र लेक साइड क्षेत्रमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, गाँजा तथा लागुऔषध सेवन गरी अवाञ्छित… पुरा पढौ