समाचार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको  छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५९ अङ्कले उकालो लागेर ४५३ दशमलव ९४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ०७ अङ्कले बढेर १७७ दशमलव ९६ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९० अङ्कले बढेर १५३ दशमलव ५० मा… पुरा पढौ

मुस्ताङको ठिनी खोलामा निर्धारित समयअघि नै बन्यो पक्की पुल

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो । चालु आर्थिक वर्षमा घरपझोङ चक्रपथसँगै ठिनी खोलाको पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको पुल आगामी साउन २० गतेसम्म पुनर्निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले तोकिएको समयअघि नै काम सकेको हो । पूर्वाधार विकास कार्यालयका… पुरा पढौ

कोशीदेखि लुम्बिनीसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र… पुरा पढौ

बाढी पहिरोका कारण आठ राजमार्ग अवरुद्ध

देशका विभिन्न स्थानमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण आठ वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार हुलाकी राजमार्ग भने अवरोध हटाइ पुनः सञ्चालनमा ल्याइएको छ। प्रहरीका अनुसार पर्साको ठोरी गाउँपालिका-२ अन्तर्गत हुलाकी राजमार्गमा पर्ने ढेडुखोला तथा आसपासका खहरे खोलामा आएको बाढीका कारण अवरुद्ध सडक दिउँसोदेखि सञ्चालनमा आएको हो। तर अन्य प्रमुख सडक खण्डमा भने आवागमन प्रभावित रहेको छ। काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्पूर्ण सवारी आवागमन रोकिएको प्रहरीले जनाएको… पुरा पढौ

बुधबारदेखि खाना पकाउने ग्यासको भरि सिलिन्डर बजारमा पठाइने

बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर) को ग्यास बिक्री वितरण गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो। नेपाल आयल निगमले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा साविककै १४.२ केजीको भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको आधिकारिक जानकारी दिएको छ। आपूर्तिमा सुधार र उच्च मागको सम्बोधन विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक… पुरा पढौ

२४ घण्टामा ७३ प्राकृतिक प्रकोपका घटना: दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७३ वटा प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८:४५ बजेदेखि आज बिहान ८:४५ बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्प दंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना समावेश छन् । प्राधिकरणको तथ्यांकअनुसार उक्त अवधिमा पहिरोका ४० घटना दर्ता भएका छन्, जसबाट २६… पुरा पढौ

आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु

सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ । असार २६ गते आत्मदाहको प्रयास गरेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति दुई बजे निधन भएको हो । उनलाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए । उनलाई प्रादेशिक अस्पतालबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । पुरा पढौ