समाचार

गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन् । उनले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरे । विनियोजित कुल बजेटमध्ये विकास खर्चका लागि ६० प्रतिशतभन्दा बढी रकम छुट्याइएको छ । कुल बजेटमध्ये पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।… पुरा पढौ

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९६ अङ्कले ओरालो लागेर ४६६ दशमलव १३ मा सीमित भएको छ । कारोबार भएकामध्ये कूल ७३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । एक सय ८८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १२ कम्पनीको कुनै परिवर्तन भएको छैन । नेप्सेका अनुसार कूल ३५० कम्पनीको एक करोड सात लाख ३९ हजार ९९८… पुरा पढौ

सुनको मूल्य प्रतितोला ५ हजार बढ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार रुपैयाँले बढेर २ लाख ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार सुन तोलामा २ लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो । पुरा पढौ

गण्डकी प्रदेश सरकारको बजेट आज

पोखरा । गण्डकी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट सार्वजनिक गर्दैछ । आज साँझ ४:०० बजे बस्ने बैठकमा आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ । आर्थिक मामिला मन्त्रालयले राजस्व संकलनमा आएको गिरावट र अर्थतन्त्रका सूचकमा देखिएको दबाबका कारण यसपटक बजेटको आकार घटाएर ल्याउने भनिए पनि चालु आवकै हाराहारीमा बजेट आउने अर्थकै अधिकारीहरुले बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले आगामी वर्षका लागि २८ अर्ब ७० करोड… पुरा पढौ

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन (बागलुङ) । काँधमा भारी । साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिनेगरी हिँडिरहेका हुन्छन् । यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र बुकीपाटन उक्लिन थालेका हुन् । बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसान हरेक वर्ष वर्षात्को समयमा खर्क र बुकीपाटन उक्लिने गर्छन् । गत असोजमा… पुरा पढौ

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा… पुरा पढौ

टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा, प्रहरीको सोधपुछ जारी

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले छ र इलाका प्रहरी कार्यालय मालाखेतीले चार जना गरेर १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले वन कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । उनकाअनुसार गाईबाँधेमा महिलाले खुद्रा सामान बिक्रि गर्न प्रयोग गर्दै आएको टेम्पो भीरबाट खसाल्ने कार्यमा संलग्न भएका कर्मचारीको पहिचान गर्ने काम… पुरा पढौ