जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले शुक्रबार साँझ सार्वजनिक गरेको तीन दिने मौसम बुलेटिनअनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदलीको अवस्था रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका सीमित क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातसमेत भइरहेको उल्लेख गरिएको छ। शुक्रबार रातिदेखि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका…
पुरा पढौ