समाचार

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली

कास्की । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोमभित्र सोमबार अपराह्न चहलपहल थियो । कोही चामलका बोरा बोकेर आइरहेका थिए भने कोही स्कुटर र गाडीमा आएर सामानका पोका झार्दै फर्कदै गरिरहेका थिए । नीलो कुर्था र सेतो सुरुवाल लगाएका महिला भ्यानबाट ओर्लेर धमाधम सामान झार्न थाले । महानगर प्रहरीले उनीहरुलाई सघाइरहेका थिए । उनीहरु थिए पोखरा–१५ नयाँगाउँस्थित बगैँचा मन्टेश्वरीका शिक्षक तथा कर्मचारी । भोटेकोशी बाढीपीडितका लागि खाद्यान्न तथा अन्य राहत सामग्री लिएर शिक्षक कर्मचारी त्यहाँ पुगेका थिए । उनीहरूले करिब रु ३५… पुरा पढौ

पटकपटक म्याद थप: खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक अधुरै

लमजुङ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लमजुङको खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक स्तरोन्नतिको काम अधुरै रहेको छ । सडक निर्माण सम्पन्न नहुँदा स्थानीयले वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नुपरेको छ । सुन्दरबजार नगरपालिका–२ हाँडेटारदेखि मध्यनेपाल नगरपालिका–१ निबुवाटारीसम्मको १० दशमलव आठ किलोमिटर सडकको हालसम्म ४७ दशमलव १७ प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । वर्षायाममा सडक हिलाम्मे हुँदा कतिपय स्थानमा सवारीसाधन सञ्चालन गर्न कठिन भएको छ । सडकको दूरावस्थाका कारण बिरामीलाई अस्पताल लैजान पनि समस्या हुने गरेको सुन्दरबजार… पुरा पढौ

भोटेकोशी बाढी: ३१५ पर्यटकको उद्धार, ५८३ सम्पर्कविहीन

 रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हराएका विभिन्न देशका पर्यटकमध्ये ३१५ जनाको उद्धार गरिएको छ । बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएकामध्ये १२ देशका ३१५ विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिए ।  उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । हालसम्म भारतका १८७, चीनका १०८, माल्टाका चार, जर्मनीका चार, रुस, टर्की र अमेरिका र इटालीका दुई/दुई स्वीट्जरल्यान्ड, बुल्गेरियाका, ओमान, पोर्चुगलका एक/एक जनाको उद्धार गरिएको छ ।   यस्तै, विभिन्न देशका ५८३ पर्यटक अझै सम्पर्कविहीन… पुरा पढौ

पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा

पोखरा बस व्यवसायी समिति पोखरा यातायात कम्पनी प्रा.लि. ले रसुवा बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । समितिको हालै सम्पन्न साधारण सभाले देशमा आइपरेको वर्तमान संकटको घडीमा मलम लगाउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । पोखरा यातायात व्यवसायी संघका सल्लाहकार, पोखरा महानगरपालिकाका यातायात सहसंयोजक एवं वडा नम्बर १६ का अध्यक्ष अमृत तिमील्सिनाले साधारण सभाले उक्त सहयोगको औपचारिक निर्णय गरेको जानकारी दिए । नेपाल यातायात… पुरा पढौ

नेप्से परिसूचक ४३ अंकले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३ दशमलव ८९ अंकले घटेर दुई हजार ५१३ दशमलव ४२ मा  पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६८ अंकले घटेर ४४४ दशमलव ४३ मा पुगेको छ । फ्लोट सूचक तीन दशमलव शून्य दुई अंकले घटेर १७२ दशमलव २४ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ४१ अंकले घटेर एक सय ४९ दशमलव ७७… पुरा पढौ

भोटेकोशी बाढी: पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामध्ये आजसम्म १५ वटा शव पहिचान गरी आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार शवको पहिचान, कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो । आफन्तले बुझेका शवमध्ये १४ पुरुष र एक महिला रहेका उनले जानकारी दिए । चितवनका ३६ वर्षीय सत्य सुन्दर प्रजापति, अर्घाखाँचीका ४५ वर्षीय नारायणबहादुर थापा, मकवानपुरका ३६ वर्षीय… पुरा पढौ

भोटेकोशी बाढी: मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । प्राधिकरणकाअनुसार बाढीले बगाएका शवहरू विभिन्न जिल्लाहरूमा फेला परेका छन् । जसअन्तर्गत चितवनमा २ सय ७२, नवलपरासी पूर्वमा २ सय ७, नवलपरासी पश्चिममा १ सय ५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला… पुरा पढौ