राजनीति

पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड

दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।   बन्दीपुरमा आजदेखि सुरु भएको १२ औँ सांस्कृतिक तथा महोत्सवको उद्घाटन गर्दै उनले बन्दीपुर पर्यटकीय सम्भावना बोकेको पालिका भएकाले पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए । गण्डकी प्रदेशको राजधानी पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा बन्दीपुर विकास भइरहेको चर्चा गर्दै उहाँले बन्दीपुरको पर्यटन विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।  मुख्यमन्त्री पाण्डेले भने, “पर्यटनलाई स्थानीयको आयआर्जनसँग जोड्नुपर्छ । त्यसका लागि पालिकासँग मिलेर के गर्न सकिन्छ हामी सहयोग… पुरा पढौ

यस्तो छ प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा गरेको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका दोषी कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले गत शुक्रबार काठमाडौँमा दुईवटा विरोधसभा आयोजना भएकामा समाजवादी मोर्चाको विरोध लोकतान्त्रिक र विधिसम्मत भए पनि पूर्वराजाको समर्थनमा भएको विरोध संविधान विरोधी रहेको स्पष्ट पारे । पूर्वराजा ज्ञानेन्द्र शाह पनि तीनकुने घटनाका लागि जिम्मेवार रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले घटनामा संलग्न दोषी सबैलाई कारबाही गरिने हुने दृढता व्यक्त गरे । तीनकुने घटनाबारे सरकार गम्भीर रहे पनि संसद्मै रहेका… पुरा पढौ

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन: गृहमन्त्री लेखक

नवलपरासी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित कार्यक्रममा उनले गणतन्त्रमा केही पनि भएन भनेर गर्न खोजिएको प्रचार गलत भएको बताए। “मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन् । बेरोजगारी, आर्थिक शिक्षा, विकास पूर्वाधारमा समस्या छन् । सोचेअनुसार आर्थिक वृद्धि गर्न सकिएको छैन”, समस्या गृहमन्त्री लेखकले भने, “तर, नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइन । विभिन्न चुनौती र समस्याका बाबजुत धेरै काम भएका… पुरा पढौ

पहिचान र अधिकारका मुद्दालाई छाडेका छैनौँ: अध्यक्ष दाहाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले पहिचान र अधिकारका मुद्दालाई कहिल्यै पनि नछाडेको बताएका छन् । पोखरामा आज तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले संविधान निर्माणका बेलामा पहिचानका सन्दर्भमा फरक मत दर्ज गरिएको उल्लेख गरे । “उत्पीडित वर्ग र जातिका अधिकारलाई सकेको जति संविधानमा लिपिबद्ध गरेका छौँ, गर्न नसकेका कुरामा भिन्न मत लेखेका छौँ । हामीले बीचमा हाम्रो वर्ग, समुदाय र हाम्रा मुद्दाहरू कमजोर गरी समात्यौँ ।… पुरा पढौ

एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै उनले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए । पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उनले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०… पुरा पढौ

पोखरामा काँग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

पोखरा । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेका छन् ।   नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा भएको कार्यक्रममा सात वटै प्रदेशका सभापति, प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी एवं कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी सहभागी रहेका गण्डकी प्रदेश प्रचार–प्रसार उपसमितिका उपप्रमुख शिरोमणि बरालले जानकारी… पुरा पढौ

सभामुखलाई रविले बुझाए निलम्बन फुकुवाको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका छन् । आफना दलका सासंद सहित सभामुखको कार्यकक्षमा पुगेर उनले सांसद पद निलम्बन फुकुवाको निवेदन दिएको हो । सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी पछि गत पुस ८ गते लामिछाने सांसदबाट निलम्बित भएको थियो । पुरा पढौ