राजनीति

‘प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताएका छन् ।  गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उनले संविधानत: हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल, नागरिक समाजलगायत सबै प्रदेशवासीमा अनुरोध गरेका हुन् । मुख्यमन्त्री पाण्डेले युवा पुस्ताको व्यावहारिक आकाङ्क्षा र भावनालाई समेट्दै वैधानिक तथा लोकतान्त्रिक बाटोबाट देशमा आइपरेको संकटलाई दीर्घकालीन समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। “पछिल्ला घटनाक्रमले हामी राजनीतिक… पुरा पढौ

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो । एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी… पुरा पढौ

एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर हाम्रो यात्रा टुंगियो’- रामकुमारी झाँक्री

काठमाडौँ । एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीकी संस्थापक नेता समेत रहेकी झाँक्रीले पार्टी विघटनमा गएको र आफूहरूको यात्रा पनि टुंगिएको बताएकी हुन् । माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरे पनि रामकुमारी, किसान श्रेष्ठ लगायतले निर्णयमा विमति जनाएका छन् । आज आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले नेकपा एमालेसँग अलग भएर एकीकृत समाजवादी गठन गर्दै गर्दा अभियान… पुरा पढौ

सरकारद्वारा ‘जेनजी’ आन्दोलनका ४५ मृतकलाई सहिद घोषणा

सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राख्दै गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा उनीहरूको मृत्यु भएको थियो। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएअनुसार, काठमाडौंलगायत मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको हो। “खासगरी गृह मन्त्रालयअन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई सहिद… पुरा पढौ

पोखरामा संविधानको रक्षाका लागि एमालेको शक्ति प्रदर्शन

नेकपा एमाले जिल्ला कमिटी कास्कीले संविधानको रक्षाका लागि पोखरामा मोटरसाइकल र्‍याली निकालेको छ। शनिवार पोखरा सभागृहबाट सुरु भएको र्‍याली पृथ्वी चोक, नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सिर्जना चोक, लेक साइड हुँदै शहीद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्दै एमाले नेता महेश बस्नेतले अध्यक्ष केपी ओलीलाई पुन अध्यक्ष बनाउने दाबी गरे । पार्टीले यो र्‍यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको बताए । र्‍यालीमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जगत विश्वकर्मा, पोलिटब्युरो सदस्य महेश… पुरा पढौ

सरकारले भोलि राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिसँग संयुक्त छलफल गर्ने

निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि (बुधबार) अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको बताउनुभयो । उहाँले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी पनि दिए । यसअघि… पुरा पढौ

एमाले सधैँका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् । उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताए । ‘कसैले अब सधैँका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला । यो भ्रम नपाले हुन्छ,’ ओलीले भने, ‘एमाले, राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो । व्यवहारमा यसले पुष्टि गरेको थियो । देखाएको थियो ।’ उनले एमाले सरकारमा हुँदा र नहुँदा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकको… पुरा पढौ