राजनीति

सभामुखलाई रविले बुझाए निलम्बन फुकुवाको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका छन् । आफना दलका सासंद सहित सभामुखको कार्यकक्षमा पुगेर उनले सांसद पद निलम्बन फुकुवाको निवेदन दिएको हो । सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी पछि गत पुस ८ गते लामिछाने सांसदबाट निलम्बित भएको थियो । पुरा पढौ

तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको माग

काठमाडौँ । विपक्षी राजनीतिक दलहरुले तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा शुक्रबार बसेको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,नेकपा एकीकृत समाजबादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी लगायतका छ विपक्षी दलहरूको बैठकले यथाशीघ्र संसदको हिउँदे अधिवेशन बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गरिएको… पुरा पढौ

भीम रावलको पत्रकार सम्मेलनः ३१ पानामा ओलीको आलोचना (पूर्णपाठ)

काठमाडौँ । डा. भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका डा. रावलले एकपछि अर्को गर्दै प्रश्न गरेका हुन् । उनले आफ्नो प्रेस वक्तव्यको ३१ पाना प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध आलोचना र प्रश्न गर्न खर्चिएका छन् । एक पानामा उनले आफ्नो भावी योजना प्रस्तुत गरेका छन् । एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८… पुरा पढौ

कीर्तिपुरको मेयरमा काँग्रेसका डंगोल निर्वाचित

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार काँग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् । अन्तिम मत परिणामअनुसार काँग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । पुरा पढौ

कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार डंगोलको अग्रता कायमै

काठमाडौँ । कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता रहेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका डंगोलले ३३ सय ८५, नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले २७ सय २६, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले २३ सय १७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । स्वतन्त्र उम्मदेवारहरु राजमान महर्जनले १२ सय सात, दिनेश कुमार अधिकारीले ९७५, स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले ७९४ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले ५५४, नेपाल… पुरा पढौ

प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा

काठमाडौँ । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा जारी  छ । प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र चीनबीच सरकारी र जनस्तरमा विद्यमान सुमधुर सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् । भ्रमणको पूर्वसन्ध्यामा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) लगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा… पुरा पढौ

प्रदेश प्रमुखबाट गण्डकीका वनमन्त्री भेषबहादुर पौडेलले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नविनयुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज उनलाई शपथ गराए । यो सँगै गण्डकी सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै सरकार विस्तार गरेका हुन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका पौडेललाई ल्याइएको हो । पौडेल लमजुङ कांग्रेसका निवर्तमान सभापति हुन् । उनी पार्टीभित्र शेखर समूहमा छन् । पार्टीभित्रबाट भागबन्डा लगाउँदा १ कम्तीमा १ जना मन्त्री शेखर समूहले… पुरा पढौ