राजनीति

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो। रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुई पटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो । ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक-पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी… पुरा पढौ

सहिद, वेपत्ता योद्धा परिवारलाई सम्मान गर्ने ढोका खुल्यो: अध्यक्ष प्रचण्ड

कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै देश नयाँ ढङगले अगाडी बढेको बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको समापन समारोहलाई हिजो पोखरामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त विधेयक पारित भएसँगै सहिद, वेपत्ता योद्धा परिवारलाई सम्मान एवम् परिपुरण गर्ने ढोका खुलेको औँल्याए । अध्यक्ष प्रचण्डले विधेयकमार्फत जनयुद्धको समयमा सहादत प्राप्त गर्ने व्यक्तित्वहरु राष्ट्रिय सहिदको दर्जामा पुगेकोमा खुशी व्यक्त गर्दै अब पार्टीको प्राथमिकता सङ्गठन निर्माण तथा विचारको विकास भएको… पुरा पढौ

पोखरामा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आजदेखि पोखरामा सुरु भएको छ । यही भदौ १० गतेसम्म सञ्चालन हुने उक्त बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी रहेका पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, दीननाथ शर्मालगायत पार्टीका पदाधिकारीको… पुरा पढौ

गण्डकी प्रदेश : कांग्रेस–एमाले सत्ता सहकार्यमा अझै सहमति जुटेन

गण्डकी । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा यहाँ भने सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारबाहिर छ । सत्ता साझेदारीका विषयमा पटकपटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले दलहरुबीच मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न बाँकी रहेको बताए । “मुख्यमन्त्री र एमाले संसदीय दलका नेताबीच र दुवैतर्फको कार्यदलस्तरमा छलफल भइरहेको छ”, उनले भने, “छिट्टै सहमति… पुरा पढौ

प्रधानमन्त्री ओलीले आज सांसदले राखेका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुँदैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले राखेका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ। यसअघि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन बुधबार प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। बिहीबारको बैठकमा त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ। सांसद डा. तोसिमा कार्कीले… पुरा पढौ

बागमती प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका बहादुर सिंह लामा नियुक्त

मकवानपुर । बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्री नियुक्ति गरेको हो । लामाले आजै मुख्यमन्त्रीको लागि नेकपा एमालेका २७ र नेपाली काँग्रेसमा ३७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख शर्मा समक्ष दाबी पेश गरेका थिए । संघीयता कार्यान्वयनपछि नेपाली काँग्रेसले पहिलो पटक बागमतीमा सरकारको नेतृत्व गर्ने अवसर पाएको हो । नवनियुक्त मुख्यमन्त्री लामाको सपथ भोलि बुधबार बिहान ११… पुरा पढौ

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ। काँग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। २७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ। नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्नका लागि प्रतिनिधि… पुरा पढौ