राजनीति

मुलुकलाई अप्ठ्यारो पर्दा कांग्रस एमाले सँगसँगैः सञ्चारमन्त्री

काठमाडौँ, ३ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज लमजुङका एमालेका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएका बताए । उनले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताए । ठूला राजनीतिक दल एकताबद्ध… पुरा पढौ

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ, ३० असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा… पुरा पढौ

राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान, ओली प्रधानमन्त्री बन्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको परामर्शपछि बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम २०८१ असार ३० गते आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् । कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै राखेको… पुरा पढौ

प्रधानमन्त्रीद्वारा प्रस्तुत विश्वासको मतको प्रस्ताव अस्वीकृत

काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव अस्वीकृत भएको जानकारी गराए । मतदानमा कुल दुई सय ५८ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी र… पुरा पढौ

‘अब बन्ने सरकारको प्राथमिकता संविधान संशोधन’

काठमाडौँ, २२ असार । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ । नेपाली कांग्रेसको संसदीय दलको आजको बैठकले दुई पार्टीबीच सरकार गठन गर्न भएको सहमतिलाई समर्थन र स्वागतसहित अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूलाई जानकारी दिए । उनले अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुने बताए । “नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने… पुरा पढौ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २२ असार । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ । यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको… पुरा पढौ

प्रचण्डले विश्वासको मत लिने भनेपछि रास्वपाका मन्त्री राजीनामा नदिई फर्किए

काठमाडौँ, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीहरुले तत्काल आफ्नो पदबाट राजीनमा नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनीहरुले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाउन पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफपछि उनलाई साथ दिने निर्णयमा पुगेको रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । “प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम जसरी अघि बढेको छ, संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद् फेस… पुरा पढौ