राजनीति

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन् । आज हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने तय गर्ने भएकाले निर्वाचनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन् । उनले यस्तो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्ने विश्वास व्यक्त गरेका छन् । यस्तो अनुष्ठानमा सहभागी हुनु हरेक… पुरा पढौ

कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाउन गगन थापाको आग्रह

पोखरा। नेपाली काँग्रेसका सभापति गगन थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन्।  शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले सरकारमा गएकै दिनदेखि काम गर्नेलाई जिम्मेवारी दिन आग्रह गरे। ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ,’ थापाले भने।  सरकार चलाउनेबारे आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने स्पष्ट खाका बनाएको बताए। ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरूलाई दिने भनियो भने देश फेरि पछाडि… पुरा पढौ

पोखरामा काँग्रेसको आज आमसभा, सभापति थापाले सम्बोधन गर्ने

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज पोखरामा नेपाली काँग्रेसले आमसभाको आयोजना गरेको छ । पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिए । आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी हुने उनले बताए ।  आमसभामार्फत बदलिएको काँग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने प्रवक्ता सिग्देलले बताए। निर्वाचनको… पुरा पढौ

रास्वपा नेता राईले गरे पार्टी परित्याग गरेको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका नेता राजु राईले पार्टी सदस्यता परित्याग गरेको सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राजनीतिक गतिविधिमा अब संलग्न नहुने निष्कर्षमा पुगेको उल्लेख गरेका हुन्। उनले आफ्नो अभिव्यक्तिमा राजनीति इमानदारीपूर्वक गर्ने क्षेत्र नरहेको अनुभूति भएको जनाउँदै अब पार्टी र राजनीतिक गतिविधिका लागि समय तथा स्रोत खर्च नगर्ने बताए। स्वतन्त्र नागरिकका रूपमा सामाजिक सेवामा संलग्न हुने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। यसअघि पनि उनले दलहरूमा नेतृत्व चयन र उम्मेदवारी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै टिप्पणी गरेका थिए।… पुरा पढौ

‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’

म्याग्दी । प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक फरक नयाँ दृश्यहरू देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारलाई स्थानीयले आर्थिक सहयोग गर्ने, एउटै मञ्चबाट दुई पार्टीका उम्मेदवारले मत माग्नेदेखि चुनावी प्रतिबद्धता पूरा गरेकामा विपक्षी पार्टीका जनप्रतिनिधिका नेतृत्वमा पूर्वसांसदलाई सम्मान गरेका हुन् । अनौपचारिक शैलीमा टोलटोलमा पुगेर चुनाव प्रचार रहेका स्वतन्त्र उम्मेदवार डा. महावीर पुनलाई विभिन्न ठाउँमा आमा समूह र स्थानीयवासीले स्वस्फूर्त रूपमा आर्थिक सहयोग गरिरहेका छन् । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर पुख्र्यौली थलो… पुरा पढौ

देश सम्हाल्ने शक्ति चाहिएको छ: गगन थापा

कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका हुन् । सभापति थापाले देश जसले पनि जलाउन सक्ने भन्दै नेपाललाई अहिले सम्हाल्न सक्ने शक्तिको खाँचो रहेको बताए। “नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । यसलाई सुधारबाटै… पुरा पढौ

हिमाली क्षेत्रमा मौसम प्रतिकूल भए वैकल्पिक कार्यतालिका अपनाइने प्रधानमन्त्रीको संकेत

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै हिमाली जिल्लामा मौसम अनुकूल नहुँदा मतदान प्रक्रिया वैकल्पिक चरणमा सञ्चालन गर्न सकिने संकेत दिएकी छन्।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१ स्थित हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भई फर्किने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन्। प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन सफल बनाउन आवश्यक सबै सहयोग सरकारको तर्फबाट उपलब्ध गराइनेछ। कम मतदाता रहेका दुर्गम स्थानमा सवारीसाधन प्रयोग गरी मतदातालाई मतदान केन्द्रसम्म… पुरा पढौ