प्रवास

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क (अमेरिका), १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन् । उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताए । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्पविकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गर्नु परिरहेको बताएको हो । “धनी र… पुरा पढौ

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्नेः प्रधानमन्त्री ओली

न्युयोर्क (अमेरिका), ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गरेको हो । सो राज्यमा करिब एक लाख नेपाली रहेको छन् । हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा… पुरा पढौ

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छः प्रधानमन्त्री ओली

न्युयोर्क (अमेरिका), ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा उक्त कुरा बताएको हो । प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई… पुरा पढौ

अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय

काठमाडौँ, २८ भदौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो । समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव लक्ष्मण पन्थीले जारी गरेको विज्ञप्तिमा कतैकतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानका… पुरा पढौ

अवैध रूपमा अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

काठमाडौँ । अवैध रूपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पुर्‍याउने दूतावासले जनाएको छ । मानव तस्करहरूको समूहले अवैध रूपमा अमेरिका प्रवेश गराउने भन्दै ब्राजिल लगायतका दक्षिण अमेरिकी देशहरू पुर्‍याउने गरेका छन । पछिल्लो समय ब्राजिलले नेपाल लगायतका केही देशका राहदानी बाहकलाई प्रवेशाज्ञा लिएको भए मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ… पुरा पढौ

भारतको कश्मीरमा बन्धक बनाइएका २८ नेपालीको उद्धार

काठमाडौँ । भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका २८ जना नेपालीहरूको उद्धार गरिएको छ । मजदुरीका लागि कश्मीर पुगेका धनुषा जिल्लाका ७ जना र सिराहा जिल्लाका २१ जना गरी २४ देखि ६० वर्षका २८ जना नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको हो ।  शुक्रवार भारत स्थित नेपाली राजदूतावास र भारतीय गैर सरकारी संस्था किन इन्डियाको समन्वयमा बिना ज्याला जोखिमयुक्त तरिकाले द्वन्द्वग्रस्त क्षेत्रमा जबरजस्ती काममा लगाई बन्धक बनाइराखेका मजदुरलाई कश्मीरबाट उद्धार गरी नेपाल ल्याइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले  जनाएको छ ।… पुरा पढौ

बङ्गलादेशमा रहेका बिद्यार्थीहरुको सुरक्षा गर्न परराष्ट्रमन्त्री राणासँग आग्रह

काठमाडौँ । बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् । ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् । परराष्ट्र मन्त्रालयले आइतबारसम्म एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किसकेका जनाएको छ । आइतबार नेपाल फर्किएका ढाकास्थित विभिन्न कलेजमा चिकित्साशास्त्र विषयमा अध्ययनरत केही विद्यार्थीले आज परराष्ट्र मन्त्रालय पुगेर मन्त्री डा राणासँग भेट गरेका थिए । उनीहरुले आन्दोलनका कारण त्यहाँका विभिन्न कलेजमा अध्ययनरत नेपाली तथा… पुरा पढौ