प्रवास

अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध

काठमाडौँ, २ साउन । ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ । बङ्गलादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा उक्त दूतावासले त्यस्तो अनुरोध गरेको हो । कुनै कारणवश कलेज प्रशासनले छात्रावासबाट अन्य सुरक्षित स्थानमा जान… पुरा पढौ

आइसिसी टी–२० विश्वकपः अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत

टेक्सास (अमेरिका) २० जेठ । आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आइसिसी प्रतियोगिता आयोजना गरेको हो । आजको पहिलो खेलमा… पुरा पढौ

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ, ६ जेठ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास÷घर बाहिर… पुरा पढौ

जर्मनीमा नेपाली मिथिला चित्रकारको एकल चित्रकला प्रदर्शनी

काठमाण्डौ । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहु–देशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन् । उनले युरोपका जम्मा ४ वटा देशको भ्रमण गर्नेछिन् भने ३ देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ । नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेको थियो । नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २०… पुरा पढौ

इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ, २ वैशाख इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आज अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ । आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन पनि आग्रह गरिएको छ । यसैगरी आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूताबासले अनुरोध गरेको छ । दूतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ,… पुरा पढौ

भारतको बेतालघाट सवारी दुर्घटनामा सात नेपालीको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर), २७ चैत । सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सबईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ । घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे… पुरा पढौ

प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

काठमाडौँ, २७ चैत । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ । प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश गरिएको थियो । प्रदर्शनीस्थलमा आएका जिज्ञासुहरूलाई ती सामग्री वितरण पनि गरिएको ओटावास्थित नेपालको राजदूतावासले जनाएको छ । प्रदर्शनीमा नेपालको पर्यटनबारे जानकारी दिने प्रवर्द्धनात्मक भिडियो प्रस्तुत गरिएको थियो भने नेपालबाट निर्यात हुने चिया, कफी, पस्मिनाका सल, हस्तकलाका सामग्री राखिएका थिए । प्रदर्शनीमा नेपालको विविधता झल्कने सांस्कृतिक एवं कलात्मक प्रस्तुति… पुरा पढौ