प्रवास

श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग शिष्टाचार भेट गरेकी छन् । श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा श्रीलङ्काका प्रधानमन्त्री गुणवर्द्धनेले नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको उल्लेख गर्दै आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएकी थिइन् । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका आफ्ना समकक्षी एमयूएम अलि… पुरा पढौ

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

न्युयोर्क, १६ माघ । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गरेको हो । अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त र स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका… पुरा पढौ

तमुधीं यूकेको टोलीलाई सहाराको स्वागत, क्लवलाई ५५ हजार सहयोग

पोखरा । सहारा क्लव पोखराले तमुधीं यूकेको टोलीलाई स्वागत गरेको छ । बिहीबार सहारा क्लव पोखराले दोविल्लास्थित ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’मा यूकेको टोलीलाई स्वागत गरेको हो । कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले संस्थाले गरेका कामबाट आफूहरु प्रभावित भएको बताए । उनले क्लवका रचनात्मक तथा परोपकारी कार्यहरुमा आफूहरु निरन्तर जोडिदै जाने बताए । उनले क्लवले आयोजना गर्ने आहा ! रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिए । तमुधीं यूकेका संस्थापक सदस्य तथा… पुरा पढौ

भारतमा दुई नेपालीको अपहरणपछि हत्या

महेन्द्रनगर (धनुषा), ८ माघ । धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । गत सोमबार विष्णुका परिवारलाई भारतीय नम्बरबाट अपहरणकारीले रु ५० लाख रकम माग गरेका थिए ।… पुरा पढौ

थातथलोको मोहले फर्कायो खुसी

हिले । पुर्खा तथा थातथलोको मोह र सम्मान कतिसम्म रहन्छ भन्ने उदाहरणीय घटना धनकुटामा भएको छ । जन्मथलोको मात्र होइन थातथलो हेर्ने र परिवारमा पुनर्मिलन हुने चाहले ८१ वर्षीय वृद्ध गङ्गाप्रसाद पोखरेललाई १०७ वर्षपछि म्यानमारबाट धनकुटाको चुङ्माङसम्मको यात्रा गराएको हो । गङ्गाप्रसाद नेपालमा होइन म्यानमारमा जन्मनुभयो, उतै हुर्कनुभयो र जिन्दगीको ८१ वर्ष म्यानमारमै बिताउनुभयो । केही दिनअघि भने उहाँ धनकुटाको पाख्रिवास नगरपालिका–१०, चुङ्माङ आइपुग्नुभएको छ, जुन उहाँको पुर्खाको जन्मभूमि हो । पाको उमेरको समेत परवाह नगरी जीवनको उत्तराद्र्धमा आउनुको कारण… पुरा पढौ

पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागी हुँदा पाण्डेसहित १९ जनाको ज्यान गएको थियो । प्रधानमन्त्री दाहालले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । उनले निधन… पुरा पढौ

फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न माग

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । नेपाल बाहिर प्रवासमा अवस्थित गैरआवासीय नेपालीले घर फर्किँदा एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रवासी नेपाली श्रमिकको हित विपरीतको भएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आग्रह गरेको हो । मञ्चका अध्यक्ष सञ्जय थापाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारको उक्त निर्णय अव्यवहारिकका साथै प्रवासी नेपालीको हितमा नभएकाले तत्काल खारेज गर्न सरकारसँग माग… पुरा पढौ