प्रवास

साउदी अरबमा गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु

एजेन्सी । साउदी अरबमा भएको बन्दुक आक्रमणमा एक जना नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ। अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ। घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन् । सन् २०१६मा एक आत्मघाती बम आक्रमणकारीले साउदी अरबस्थिति अमेरिकी वाणिज्य दूतावासमा निशाना साँधेका थिए। रोयटर्स समाचार संस्थाले साउदी… पुरा पढौ

वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

त्रिवेणी, १३ असार । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् । वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७ पुरुष र एक महिलाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ । ज्यान गुमाउनेमा देवचुलीका सात, कावासोतीका ६, मध्यविन्दुका ६, गैँडाकोटका चार, विनयी त्रिवेणीका तीन र हुप्सेकोटका एक जना छन् । अत्यधिक… पुरा पढौ

भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु

दोधारा चाँदनी, २८ जेठ । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु सबै पूजापाठ सकेर फर्किरहेका थिए । दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल… पुरा पढौ

न्यूयोर्कको सडकलाई तेन्जिङ नामकरण

वाशिङ्टन डिसी, १६ जेठ । अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा न्यूयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो । क्लाइम्वर्स एशोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भन्नुभयो “सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम… पुरा पढौ

पोर्चुगलमा राहदानी शिविरबाट ५ करोड राजस्व संकलन

लिस्बन । पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए । शिविरबाट दुई हजार तीन सय आठ नेपालीले प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिएका थिए । राहदानी तयार भए पछि अवैतनिक नेपाली महावाणिज्य… पुरा पढौ

घुम्ती सेवामार्फत् कन्सुलर कार्य सहज बन्दै

जापान, वैशाख १९ (मे २) । नेपाली राजदूतावास जापान र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको सहकार्यमा सञ्चालन गरिएको घुम्ती सेवामार्फत् कन्सुलर कार्य सहज बन्दै गएको छ । घुम्ती सेवामा राहदानी नवीकरण, जापानमा जन्मेका बच्चाको पहिलोपटक राहदानी बनाउने, अधिकृत वारेशनामा,राष्ट्रियता, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण, जन्मदर्ता, अविवाहित, नाता प्रमाणीकरण यात्रा अनुमतिपत्र लगायतका कन्सुलर कार्यको सेवा प्रदान गरिएको छ । यसैबिच कान्साई क्षेत्रका लागि अप्रील २९,३०, मे १ र २ तारिखमा ओसाकामा सञ्चालन गरिएको घुम्ती सेवामा करीव ६ सय जना… पुरा पढौ

गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेको हो । यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए । कार्यकारी अध्यक्ष डा केसीले छ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा सङ्घको… पुरा पढौ