प्रवास

साउदीमा चार नेपालीमा कोरोना संक्रमण, हेलचक्रयाँई नगर्न दूतावासको अनुरोध

मुकुन्द गैरेकाठमाडौं, चैत्र २४ गते । साउदीमा ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भएको पुष्टी साउदी स्वास्थ्य मन्त्रालले जानकारी दिएको साउदी स्थित नेपाली राजदूतावासले बताएको छ । दूतावासले साउदीमा रहेका नेपालीहरुलाई संक्रमण सम्बन्धी सुरक्षाका सबै उपायलाई अनिवार्य रुपमा उपयोग गर्न र हेलचक्र्याई नगर्न अनुरोध गरेको छ । अप्रिल ५ हिजो आइतवार सम्म साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुईहजार ३८५ पुगेको छ । गएको करीब ४८ घण्टाको अवधिमा ३४६ जना भन्दा… पुरा पढौ

अमेरिकामा पाँच सय नेपालीमा कोरोनाको सङ्क्रमण

वासिङ्टन डिसी, चैत २३ गते । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् ।अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा… पुरा पढौ

कुवेतमा एक नेपालीमा कोरोना संक्रमण भेटियो, सचेत रहन दूतावासको अपिल

मुकुन्द गैरेकाठमाडौं, चैत्र २० गते । कुवेतमा एक जना नेपाली सहित संक्रमितको संख्या ३१७ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले बुधवार एक नेपालीमा कोरोनाको संक्रमण देखा परेको जानकारी दिएको हो । कुवेत स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २८ जनामा नयाँ संक्रमित देखिएका मध्ये एक जना नेपाली नागरिक समेत कोरोनाको संक्रमण देखा परेको दूतावासले बताएको छ ।कुवेतमा रहेको नेपाली राजदुतावासले विश्व स्वास्थ्य संगठनले जारी गरेको संक्रमणबाट बच्ने उपाय अवलम्बन गर्न कुवेतमा रहेका नेपालीलाई आग्रह गरेको छ । नेपाल सरकार र कुवेत सरकारद्धारा… पुरा पढौ

अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो

टेक्सस, चैत १९ गते ।  संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभएको अमेरिकास्थित नेपाली दूतवासले जनाएको छ ।कोभिड–१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिनुभएको राजदूत डा अर्जुनकुमार कार्कीले बताउनुभयो । राजदूत कार्कीले ३० मार्च २०२० मा एक अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन… पुरा पढौ

लण्डनमा बस्दै आएकी एक नेपाली महिला कोरोना संक्रमित

पोखरा, १० चैत । बेलायतको लण्डनमा बसोबास गर्दै आएकी लमजुङ तार्कुघाटकी एक नेपाली महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सो कुराको जानकारी उनी स्वयम्ले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् । लमजुङ तार्कुघाटकी भगवती रानाभाटले आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गर्दै १३ दिन पुगिसकेको पनि बताएकी छिन् । उनले सबैलाई सचेत बन्न आग्रह गर्दै कोरोना संक्रमण अत्यन्तै पीडादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको बताएकी छिन् । रानाभाटले फेसबुकमा राख्ने सोच नभएपनि अरु सबै सचेत… पुरा पढौ

कोरोनाभाइरस: ब्रिटेनमा पूर्व गोर्खाको मृत्युपछि परिवारै आइसोलेशनमा

काेराेना भाइरसकाे सङ्क्रमणका कारण ब्रिटेनमा बसोबास गरिरहेका एक भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको उनको परिवारले जनाएको छ। सङ्खुवासभाका ६६ वर्षीय लीलाबहादुर राईको गत मङ्गलवार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको हो। स्वर्गीय राईका छोरा विकास राईले बाथ रोगबाट पीडित आफ्ना बुवालाई झन्डै तीन साता अस्पतालमा राखेपछि गत साता अस्पतालले डिस्चार्ज गरेको बताए। उनले भने, "त्यसको ३-४ दिन पछि उहाँको स्वास्थ्य बिग्रियो, सास फेर्न गाह्रो भयो। त्यसपछि हामीले उहाँलाई मङ्गलवार दिउँसो फेरि अस्पताल पुर्‍यायौँ, तर त्यहीँ बेलुका उहाँको निधन भयो।" कसरी… पुरा पढौ

अमेरिकामा कोरोनाको सन्त्रास, नेपालीहरु सुरक्षित तर चिन्तित

कृष्णराज खनालवोस्टन, अमेरिका, चैत्र १ गते । विश्वको सर्वाधिक शक्तिशाली देश अमेरिकामा पनि कोरोना कोभिड १९ को संक्रमणसँगै आम मानिसमा यसको सन्त्रास देखिएको छ । अमेरिकामा शुक्रबार रातिसम्ममा दुई हजार दुई सय मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने ४९ जनाको मृत्यु भइसकेको छ । यो भयावह रुपमा अझै बढ्दै गएको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार दिउँसो देशवासीका नाममा संवोधन गर्दै देशभर राष्ट्रिय आपतकाल लागू गरेको घोषणा गर्नुभएको छ । आपतकालीन व्यवस्थाले यो रोगसँग जुध्न राहत मिल्ने विश्वास लिइएको छ ।… पुरा पढौ