सन थापा, जापान, ४ असोज । जापानको फुकुओका प्रान्तको इजिरीमा बस्ने अर्चना भुर्तेलले सोमबार बिहान आत्महत्या गरेकी छन् । काठमाडौ जिल्ला थानकोट घर भई विगत ५ वर्षदेखि जापान बस्दै आएकी भुर्तेल फुकुओकास्थित निहोन खेइजाई दाईगाकु(विश्वविद्यालय) मा तेस्रो वर्षमा अध्ययनरत थिइन् । आत्महत्याको कारण स्पष्ट खुल्न सकेको छैन घटना बारे जापान प्रहरीले अनुसन्धान जारी राखेको छ । यद्यपि केही समयअघि एक पुरूषसाथीसँग लिभीङ टुगेदरमा बस्दै आएको र कामको सिलसिलामा पुरूष साथी अन्य प्रान्तमा गएपछि उनीहरूबिच बिवाद भएको स्रोतलेजनाएको छ ।
पुरा पढौ