प्रवास

केआईआईटी कलेजले माग्यो माफी

काठमाडौं । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले माफी मागेको छ । कलेजका उपकुलपति शरणजित सिंहले एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारमाथि माफी मागेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थीप्रति भएको दुर्व्‍यवहार र हाम्रो कलेको कर्मचारीको गैरजिम्मेवार व्‍यहारप्रति हामी अत्यन्तै दुस्खी हुँदै माफी चाहन्छौं । हामी नेपाली विद्यार्थीलाई त्यति कै माया गर्छौं जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौं।’ कलेजका उपकुलपतिले नेपाली विद्यार्थीहरूलाई आफ्नो कक्षामा सहभागी हुन अनुरोधसमेत गरेका छन्… पुरा पढौ

भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणबारे कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा नेपाली विद्यार्थीहरूलाई होस्टलबाट निकालिएको विषयमा कूटनीतिक पहल भइरहेको बताएका छन् । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयको होस्टेलमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको  सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले त्यस विषयमा कूटनीतिक पहल भइरहेको जनाकारी गराएको हो । ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा… पुरा पढौ

ओडिसाको कलेजबाट जबरजस्ती निकालिएका नेपाली विद्यार्थी ट्रेन स्टेसनमा अलपत्र

काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा नेपालकी छात्रा मृत भेटिएपछि नेपाली विद्यार्थीहरू लखेटिएका छन् । उक्त कलेजले नेपाली विद्यार्थीलाई राम्ररी सामान प्याक गर्न पनि नदिइकन जबरजस्ती बसमा हालेर रेल्वे स्टेसनमा छोडिदिएको छ । नेपाली छात्राको शंकाष्पद मृत्युलाई लिएर विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । तर, कलेजले विद्यार्थीहरूलाई होस्टेल छोड्न चेतावनी दिएको थियो । त्यसअघि कलेजका शिक्षिकाहरूले नेपाली विद्यार्थीहरूलाई धम्क्याएको भिडिओ पनि सार्वजनिक भएको छ । डीएनए इन्डियान्यूजले हालेको एउटा भिडिओमा विद्यार्थीहरूलाई उनीहरूका लगेजसहित गाडीमा ओसारिएको देखिन्छ… पुरा पढौ

छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छन् । श्रीमान्‌सँग सम्बन्धविच्छेद… पुरा पढौ

साउदीमा सडक दुर्घटना : ३ नेपालीसहित १५ जनाको मृत्यु

काठमाडौँ । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ । साउदीको जिजाननजिकै भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइनेछ । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित… पुरा पढौ

एक हजार बढी नेपालीसहित अमेरिकाले निष्कासन गर्ने १४ लाख आप्रवासीको संख्या सार्वजनिक

काठमाडौँ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसै क्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।… पुरा पढौ

भारतमा रेल दुर्घटनामा ज्यान गुमाएका ७ नेपालीको विवरण सार्वजनिक

काठमाडौँ। परराष्ट्र मन्त्रालयले यही माघ ९ गते भारतमा भएको रेल दुर्घटनाबाट ज्यान गुमाएका ७ जनाको नेपालीको विवरण सार्वजनिक गरेको छ । उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । मृतकहरूमा कैलालीका २, अछामका ४ र बाँकेका १ जना छन् । दुर्घटनामा घाइते ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र बाँकी १ को गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ । मृतकहरुको शव ल्याउन र घाइतेहरूको उपचारका लागि नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौँमा रहेको भारतीय दूतावाससँग समन्वय भइरहेको बताइएको छ… पुरा पढौ