प्रवास

भारतमा रेल दुर्घटनामा ज्यान गुमाएका ७ नेपालीको विवरण सार्वजनिक

काठमाडौँ। परराष्ट्र मन्त्रालयले यही माघ ९ गते भारतमा भएको रेल दुर्घटनाबाट ज्यान गुमाएका ७ जनाको नेपालीको विवरण सार्वजनिक गरेको छ । उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । मृतकहरूमा कैलालीका २, अछामका ४ र बाँकेका १ जना छन् । दुर्घटनामा घाइते ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र बाँकी १ को गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ । मृतकहरुको शव ल्याउन र घाइतेहरूको उपचारका लागि नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौँमा रहेको भारतीय दूतावाससँग समन्वय भइरहेको बताइएको छ… पुरा पढौ

‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु चिनाएको उल्लेख गरेका छन् ।  बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर) मा आज आयोजित ‘नेपाल–बेलायत सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई विश्वसामु स्वतन्त्र र सार्वभौम राष्ट्र मान्ने बेलायतको उक्त कदमप्रति आभार प्रकट गरेको उनका प्रमुख स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । “आजको यहाँहरूको यो कार्यक्रमको उपस्थिति हाम्रो बलियो मित्रताको जग भएको… पुरा पढौ

कोप–२९ः राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन हुने

बाकु (अजरबैजान), २८ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन् । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ । कोप शिखर सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए । राष्ट्रपति पौडेलले भने, “हिमालको सुरक्षा भनेकै पृथ्वीको… पुरा पढौ

विश्वको मुख्य समस्या नै जलवायु परिवर्तनः राष्ट्रपति पौडेल

बाकु (अजरबैजान) २६ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुगेका छन् । उनलाई यहास्थित हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फारिद तरुव अहमदोभले स्वागत गरेका थिए । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको बताए । उनले यस सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धताअनुसारको रकÞम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान… पुरा पढौ

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

वासिङ्टन डिसी (अमेरिका) । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान… पुरा पढौ

आजदेखि काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन

काठमाडौँ, ११ कात्तिक । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौँ आइसकेको र सोका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव गौरीराज जोशीले जानकारी दिए । कार्यक्रमको पहिलो दिन… पुरा पढौ

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री

न्युयोर्क (अमेरिका) ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५ः३० बजे महासभामा सम्बोधन गरेको हो । उनले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको… पुरा पढौ